उद्योगी र प्राधिकरणबिचको विवाद समाधानमा विशेष पहल लिन सरकारलाई अध्यक्ष ढकालको आग्रह
काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले उद्योगी/व्यवसायी र विद्युत् प्राधिकरणबिचको समस्या समाधानमा सरकारले विशेष प्रयास गर्नुपर्नेमा जोड दिएका छन् ।
उद्योग वाणिज्य संघ चितवनको ५७औँ वार्षिक साधारण सभा तथा अधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले उद्योगको विद्युत् उत्पादन, रोजगारी र राजश्व लगायत अन्य थुप्रै विषयसँग सम्बन्धित रहने बताउँदै उद्योगको विद्युत् जोडेर वार्ता सुरु गर्न सरकारलाई आग्रह समेत गरेका हुन् ।
उनले लगानी सम्मेलनको मुखमा उद्योग बन्द गर्दा नकारात्मक सन्देश जाने बताउँदै यसको दीर्घकालीन समाधानका लागि उच्चस्तरीय आयोग अथवा संयन्त्र जरुरी हुने बताए ।
उनले अर्थतन्त्र सुधारको लागि सबै व्यवसायी सकारात्मक सोचका साथ लाग्न जरुरी रहेको बताए । अहिले अर्थतन्त्रमा देखिएको समस्या सहज भएपछि छोटो समयमा फड्को मार्न सक्ने गरी काम गर्नुपर्ने उनको भनाई थियो ।
सरकार र निजी क्षेत्रबिच सहकार्य र एकताले मात्र अर्थतन्त्रलाई पुरानो लयमा लैजान सकिने बताउँदै अर्थतन्त्रलाई पुरानै लयमा फर्काउन निजी क्षेत्र र सरकारबिच वास्तविक सहकार्य हुनुपर्ने उनले जोड दिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
व्यवहारमै छुवाछुत अन्त्य हुनुपर्ने दलित अगुवाहरूको जोड
-
मोटरसाइकल ट्रकमा ठोक्किँदा एक जनाको मृत्यु, अर्काको अवस्था गम्भीर
-
पश्चिमी न्यून चापीय रेखा र स्थानीय वायुको प्रभाव कायमै, कुन–कुन प्रदेशमा छ वर्षाको सम्भावना ?
-
झाडी फाँडेर फलफूल बगैँचा
-
‘ज्येष्ठ नागरिक उद्यान’ नयाँ पर्यटकीय गन्तव्य
-
शुक्रबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण