शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय
राष्ट्रिय सभा निर्वाचन

राष्ट्रिय सभा निर्वाचन : राप्रपाले पनि सत्ता गठबन्धनसँग भाग खोज्यो

शनिबार, २१ पुस २०८०, १९ : २९
शनिबार, २१ पुस २०८०

काठमाडौँ । राप्रपाले राष्ट्रिय सभा निर्वाचनमा सत्ता गठबन्धनसँग सहकार्यका लागि छलफल गर्ने भएको छ । शनिबार पार्टी कार्यालयमा बसेको राप्रपा केन्द्रीय कार्यसम्पदन समितिको बैठकले राष्ट्रिय सभा निर्वाचनमा मिलेर जान सत्ता गठबन्धनसँग छलफल गर्ने निर्णय गरेको हो । 

यसबारे छलफल गर्न कार्यवाहक अध्यक्ष बुद्धिमान तामाङलाई जिम्मेवारी दिइएको छ । गठबन्धनले भाग नदिएमा आफ्नो ढङ्गले उम्मेदवारी दिने पनि बैठकमा निर्णय भएको एक नेताले बताए । तामाङले बैठकको म्यान्डेट अनुसार सत्ता गठबन्धनसँग संवाद गर्ने बताइएको छ ।

सहमति नभएमा अर्को बैठक बसेर उम्मेदवारीबारे पार्टीले ठोस निर्णय गर्ने बताइएको छ । आजको बैठकमा प्रदेशहरूमा प्राप्त उम्मेदवारीको सूचीबारे सामान्य छलफल पनि भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप