राष्ट्रिय सभा निर्वाचन
राष्ट्रिय सभा निर्वाचन : राप्रपाले पनि सत्ता गठबन्धनसँग भाग खोज्यो
शनिबार, २१ पुस २०८०, १९ : २९
काठमाडौँ । राप्रपाले राष्ट्रिय सभा निर्वाचनमा सत्ता गठबन्धनसँग सहकार्यका लागि छलफल गर्ने भएको छ । शनिबार पार्टी कार्यालयमा बसेको राप्रपा केन्द्रीय कार्यसम्पदन समितिको बैठकले राष्ट्रिय सभा निर्वाचनमा मिलेर जान सत्ता गठबन्धनसँग छलफल गर्ने निर्णय गरेको हो ।
यसबारे छलफल गर्न कार्यवाहक अध्यक्ष बुद्धिमान तामाङलाई जिम्मेवारी दिइएको छ । गठबन्धनले भाग नदिएमा आफ्नो ढङ्गले उम्मेदवारी दिने पनि बैठकमा निर्णय भएको एक नेताले बताए । तामाङले बैठकको म्यान्डेट अनुसार सत्ता गठबन्धनसँग संवाद गर्ने बताइएको छ ।
सहमति नभएमा अर्को बैठक बसेर उम्मेदवारीबारे पार्टीले ठोस निर्णय गर्ने बताइएको छ । आजको बैठकमा प्रदेशहरूमा प्राप्त उम्मेदवारीको सूचीबारे सामान्य छलफल पनि भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
-
अमेरिकाले फेर्यो विद्यार्थी भिसाको नियम : सेप्टेम्बर १५ देखि लागू हुने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण