नेपाल–भारतबिचको सम्झौतालाई लोसपाले गर्यो स्वागत
काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टीले नेपाल–भारतबिच भएको सम्झौतालाई स्वागत गरेको छ । लोसपाका महासचिव डा.सुरेन्द्र झाले एक विज्ञप्ति जारी गरी परराष्ट्रमन्त्री एनपी साउद र भारतका विदेशमन्त्री एस जयशंकरबिच भएका सम्झौतलाई स्वागत गरेका हुन् । उनले दुई देशबिच भएका विभिन्न सम्झौताहरु कोशेढुङ्गा सावित भएको दावी गरेका छन् ।
महासचिव झाले सो सम्झौता उच्च प्रभाव सामुदायिक विकास परियोजनाअन्तर्गत नेपालका सरकारी संस्था वा अन्य संस्थाहरुबाट स्वीकृत लिएर गर्ने सम्झौता भएको उल्लेख गर्दै आयोजनाको अधिकतम बजेट सीमा २० करोड हुनु स्वागतयोग्य रहेको बताएका छन् । साथै उनले सम्झौतामा स्थानीय तह तथा अन्य सरकारी निकायबाट प्राप्त माग संघीय मामिला मन्त्रालयले परीक्षण गरि अर्थ मन्त्रालयमा आयोजना सिफारिस गर्ने रहेको समेत स्पष्ट पारेका छन् ।
माग भएका आयोजनाको प्राथमिकताको आधारमा अर्थ मन्त्रालयले सहायता परिचालनका लागि भारत सरकारलाई अनुरोध गर्ने गरि प्रक्रिया निर्धारण भएको समेत उनले विज्ञप्तिमा उल्लेख गरेका छन् । दुई देशबिच १० वर्षमा १० हजार मेगावाट विद्युत निर्यात गर्ने दीर्घकालीन उर्जा व्यापारका लागि सम्झौता भएको छ ।
नेपाल एकेडेमी अफ साइन्स एण्ड टेक्नोलोजी (नास्ट) र न्यू स्पेस इन्डिया लिमिटेडबिच नेपालले लुनास स्याटलाईटलाई प्रक्षेपण गर्न पोलार स्याटलाईट लन्ज भेहिकल (पीएसएलभी) उपलब्ध गराउने लगायतका ऐतिहासिक सम्झौता भएको पनि लोसपाले विज्ञप्तिमा उल्लेख गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण