राष्ट्रियसभा निर्वाचनबारे देउवासँग आन्तरिक छलफलमा जुटे शेखर र गगन

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रियसभा निर्वाचनबारे पार्टीभित्र आन्तरिक छलफल थालेका छन् । सत्ता गठबन्धनमा कांग्रेसले १० सिट पाएपछि देउवाले पार्टीभित्र आन्तरिक छलफलका लागि नेता शेखर कोइराला र महामन्त्री गगन थापालाई धुम्बाराही बोलाएका हुन् ।
अहिले नेता कोइराला र महामन्त्री थापाले देउवासँग छलफल गरिरहेको एक नेताले बताए । गठबन्धनमा कांग्रेसले बागमती, गण्डकी र सुदूरपश्चिममा दुई–दुई सिट पाएको छ । कोशी, मधेस, लुम्बिनी र कर्णाली प्रदेशमा कांग्रेसले एक–एक सिट लिएको छ ।
कांग्रेसमा सत्तापक्ष इतर पक्षले ४ सिटमा दाबी गरेको छ । बागमती, लुम्बिनी र गण्डकी र सुदूरपश्चिममा इतर पक्षले एक एक सिटमा दाबी गरेको छ । संस्थापन पक्षले भने इत्तर पक्षलाई बढीमा दुई सिट दिने बुझिएको छ ।
कांग्रेसले राष्ट्रियसभा सदस्यको उम्मेदवारी टुंगो लगाउन आज दिउँसो १ बजे पार्टी कार्यालय सानेपामा कार्यसम्पादन समितिको बैठक बोलाएको छ । कार्यसम्पादन समिति बैठकअघि देउवा, कोइराला र महामन्त्री थापाबिच आन्तरिक छलफल भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विकास निर्माणका काममा भएको ढिलासुस्ती सरकारले तत्काल हटाउनुपर्छ : सांसद मिजार
-
इजरायली सेनाले गाजामा आक्रमण बढाउन रिजर्भ सेना बोलाउन थाल्यो
-
जग्गा एउटाले उपभोग गर्दै, लालपुर्जा अर्कैको नाममा
-
एक्सन हिरोको रूपमा देखिँदै राज
-
आयआर्जन गर्न सक्ने किसिमको बस्ती विकास गर्न जरुरी छ : उपप्रधानमन्त्री सिंह
-
काठमाडौँ उपत्यकाको चक्रपथ बाहिरका क्षेत्रमा मेलम्चीको पानी वितरण सञ्जाल निर्माण गरिने