बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

वैवाहिक जीवनलाई सुखी बनाउन चाहनु हुन्छ ? यसो गर्नुस्

आइतबार, २२ पुस २०८०, १४ : ३७
आइतबार, २२ पुस २०८०

काठमाडौँ ।आफ्नो वैवाहिक जीवन सुखी र खुसी होस् भन्ने चाहना हरेक व्यक्तिमा हुन्छ । तर प्रविधिको यो युगमा मान्छेसँग आफ्नै लागि त समय छैन, सम्बन्धका लागि कसरी हुनु ? यही कारणले गर्दा ब्रेक–अप अनि सम्बन्ध विच्छेदका मामिला बढिरहेका छन् । सम्बन्धलाई जोगाइराख्ने, बचाउने अनेक तरिकाहरू छन् । वैवाहिक जीवनलाई अगाडि बढाउँदै गर्दा यी चिजहरूले तपाईँको सम्बन्धलाई बलियो बनाउन सक्छ । के हुन ती कुराहरू ? आज हामी यसैबारे कुराकानी गर्नेछौँ ।

वार्तालाप: खुसी र सुखी वैवाहिक जीवनका लागि दम्पतीबिच सञ्चारको निकै महत्त्व छ । आफ्नो पार्टनरको कुरालाई राम्रोसँग सुन्नुस्, बुझ्ने कोसिस गर्नुस् ।आफ्नो विचार र भावनालाई खुलेर व्यक्त गर्नुस् । अनि साथमा मिलेर हरेक समस्याको समाधान निकाल्नुस् । एक अर्काको सम्मान गर्नुस् ।

क्वालिटी टाइम: दिनहुँको भाग दौडले भरिएको जीवनमा एक अर्कालाई थोरै मात्र भए पनि समय दिन जरुरी छ । हप्तामा एक पटक पार्टनरसँग डेटमा जानुस् । सप्ताहान्तमा घुमफिरका लागि जाँदा पनि हुन्छ । केही भएन भने पनि दुई जना मात्रै केही समय बिताउनुस् । यसबाट इमोशनल कनेक्सन बलियो हुन्छ । तपाईँको सम्बन्ध राम्रो हुन्छ ।

एक–अर्काप्रति सम्मान: दम्पतीले एक अर्काको व्यक्तित्वलाई चिन्ने अनि सराहना गर्नु पनि जरुरी छ । यस्तो गर्दा दम्पतीबिचमा यस्तो वातावरण बन्छ जहाँ एक अर्कालाई बुझ्न अनि अर्को व्यक्तिको मूल्यको सराहना गर्न सकिन्छ ।

विश्वास र इमानदारी: विश्वास कुनै पनि सम्बन्धको आधारशिला हो । पार्टनरसँग इमानदारी कायम राख्दा सम्बन्धमा विश्वास बढ्छ । वैवाहिक जीवनमा सुरक्षाको भावना उत्पन्न हुन्छ ।

साझा लक्ष्य र मूल्य: वैवाहिक जीवनमा दुवै दम्पतीको साझा उद्देश्य र मूल्य हुनु पर्छ । यस्तो भयो भने सम्बन्धले साझा उद्देश्य र दिशा पाउँछ । आपसी सम्बन्ध पनि बलियो हुन्छ ।

लचकता: जीवनमा कयौँ पटक हामीले अलग अलग खालको चुनौतीको सामना गर्छौ । तर जुन दम्पतीले यी चुनौती वा समस्याहरूको मिलेर सामना गर्छन् उनीहरूको सम्बन्ध बलियो हुन्छ, लचिलो हुन्छ ।

प्रशंसा गर्ने: बेला बेलामा पार्टनरले गरेको काम वा क्वालिटीको तारिफ गर्नुस् । बदलामा तपाईँले पनि केही तारिफ पाउनु हुनेछ । यसले सम्बन्धमा राम्रो असर पर्छ ।

इन्टीमेसी : वैवाहिक जीवनका लागि फिजिकल र इमोशनल इन्टीमेसी निकै जरुरी छ । बेला बेलामा एक अर्काको प्रति आफ्नो मनमा भएको माया व्यक्त गर्दा पार्टनर्सबीचको कनेक्सन बलियो हुन्छ ।

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप