मेरिल्याण्डमा सज्जनराज वैद्यको बेजोड प्रस्तुति, अमेरिकी राजदूत थम्पसनद्वारा दर्शकलाई स्वागत
मेरिल्याण्ड । सज्जनराज वैद्यले शनिबार मेरिल्याण्डमा बेजोड प्रस्तुति दिएका छन् । उक्त कार्यक्रममा अमेरिका पुगेका नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्पसनले दर्शकको खचाखच भिडलाई स्वागत गर्दै मनोरञ्जन गर्न हौसला प्रदान गरेका थिए । उनलाई भिडले पनि भव्य स्वागत गरेको थियो ।
कार्यक्रममा गायक वैद्यले करिब ३ घण्टासम्म एकल रूपमा आफ्ना चर्चित गीत प्रस्तुत गरेका थिए । उनले गीत गाउँदा सबै गीतमा दर्शकले साथ दिएका थिए । उनले २२ वटा गीत गएका थिए ।

१७०० भन्दा धेरै दर्शकहरूले कार्यक्रम हेरेका थिए । अधिकांश दर्शकहरूमा युवा वर्गको उपस्थिति रहेको थियो । उनीहरूलाई वैद्यको सबै गीत कण्ठझैँ गरी स्वरमा स्वर मिलाएका थिए । टिकट मूल्य १०३ तथा १४५ डलर राखिएको थियो ।
गायक सज्जन राज वैद्यको उक्त एकल कार्यक्रमको आयोजक ई-पिक तथा एवरेस्ट इन्टरटेन्टमेन्ट हुन् । अमेरिकामा ठमेल न्यूयोर्क नामक संस्थाले उनलाई अमेरिका विभिन्न राज्यहरूमा हुने भ्रमणमा ल्याएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दिल्लीका प्रदर्शनकारी छात्रको समर्थनमा पटनामा प्रदर्शन, प्रहरीद्वारा पानीको फोहोरा र अश्रुग्यास प्रहार
-
एकलौटी ढङ्गले पार्टी चलाउन खोजिए कांग्रेसको आत्मासहित अगाडि बढ्छौँ : डा. प्रकाशशरण महत
-
तनावपूर्ण अवस्थामा शान्ति कायम गर्न अँगालो हाल्ने र चुम्बन गर्ने गर्छन् चिम्पान्जी
-
बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न
-
शिक्षा र स्वास्थ्यमा लगाइएको समता शुल्क हटाउने निर्णय मन्त्रिपरिषद्मा पेस
-
हस्तकला महासंघलाई प्रधानमन्त्रीको आश्वासन : तुरुन्तै सकारात्मक निर्णय गर्छौँ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण