शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

मेरिल्याण्डमा सज्जनराज वैद्यको बेजोड प्रस्तुति, अमेरिकी राजदूत थम्पसनद्वारा दर्शकलाई स्वागत

आइतबार, २२ पुस २०८०, २० : १५
आइतबार, २२ पुस २०८०

मेरिल्याण्ड । सज्जनराज वैद्यले शनिबार मेरिल्याण्डमा बेजोड प्रस्तुति दिएका छन्  । उक्त कार्यक्रममा अमेरिका पुगेका नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्पसनले  दर्शकको खचाखच भिडलाई स्वागत गर्दै मनोरञ्जन गर्न हौसला प्रदान गरेका थिए । उनलाई भिडले पनि भव्य स्वागत गरेको थियो ।

कार्यक्रममा गायक वैद्यले करिब ३ घण्टासम्म एकल रूपमा आफ्ना चर्चित गीत प्रस्तुत गरेका थिए । उनले गीत गाउँदा सबै गीतमा दर्शकले साथ दिएका थिए । उनले २२ वटा गीत गएका थिए ।

BHID

१७०० भन्दा धेरै दर्शकहरूले कार्यक्रम हेरेका थिए । अधिकांश दर्शकहरूमा युवा वर्गको उपस्थिति रहेको थियो । उनीहरूलाई वैद्यको सबै गीत कण्ठझैँ गरी स्वरमा स्वर मिलाएका थिए । टिकट मूल्य १०३ तथा १४५ डलर  राखिएको थियो ।

गायक सज्जन राज वैद्यको उक्त एकल कार्यक्रमको आयोजक ई-पिक तथा एवरेस्ट इन्टरटेन्टमेन्ट हुन् । अमेरिकामा ठमेल न्यूयोर्क नामक संस्थाले उनलाई अमेरिका विभिन्न राज्यहरूमा हुने भ्रमणमा ल्याएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप