बैठक छाडेर हिँडे शेखर
काठमाडौँ । राष्ट्रिय सभा निर्वाचनमा उम्मेदवार चयन गर्नका लागि बसेको नेपाली कांग्रेसको संसदीय बोर्डको बैठक छाडेर शेखर कोइराला हिँडेका छन् । राष्ट्रिय सभाको निर्वाचनमा आफ्नो समूहले माग गरे अनुसार ४ वटा सिट दिन संस्थापन पक्ष तयार नभए पछि कोइराला बिचमा नै बैठक छाडेर हिँडेका हुन् ।
शेखर पक्षले बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा एक–एक वटा सिट पाउनुपर्ने माग गरेको छ । तर, संस्थापन पक्ष भने बागमती, गण्डकी र लुम्बिनीमा मात्र इतर पक्षलाई सिट दिन तयार देखिएको छ ।
हालसम्म कोशी प्रदेशबाट कृष्णप्रसाद सिटौला उम्मेदवार बन्ने तय भएको छ । त्यस्तै, मधेस प्रदेशमा आनन्द ढुङ्गानाको नाममा लगभग सहमति जुटिसकेको छ ।
बागमती प्रदेशमा भने उम्मेदवार टुङ्ग्याउन केही विवाद देखिएको छ । तरुण दलका पूर्व अध्यक्ष जीतजंग बस्नेत कि काठमाडौँ जिल्ला सभापति सबुज बानियाँलाई उम्मेदवार बनाउने विषयमा नेताहरूबिच विवाद देखिएको छ । संस्थापन बस्नेतको पक्षमा रहेको छ भने बानियाँको पक्षमा महामन्त्री गगन थापा देखिएका छन् । बागमतीमा महिलातर्फ विष्णुदेवी पुडासैनी र उमा दाहालको नाम चर्चामा छ ।
गण्डकी प्रदेशबाट सोभियत अधिकारीको नाम लगभग टुङ्गिएको अवस्था छ । अधिकारी तत्कालीन कांग्रेस प्रजातान्त्रिकबाट कास्कीको जिल्ला सभापति थिए । तर, गोपालमान श्रेष्ठले पनि आफ्नो दाबी छाडेका छैनन् । प्रदेशबाट अल्पसङ्ख्यक/अपाङ्ग शेखर पक्षलाई दिइएको छ ।
लुम्बिनी प्रदेशबाट पुष्पा भुसाललाई ल्याउने चर्चा भए अहिले इतर पक्षबाट विष्णु सापकोटा आउन सक्ने सम्भावना छ । उता कर्णालीमा विवाद देखिएको छ । खुल्ला सदस्यमा संस्थापनबाट कर्णाली प्रदेशका महामन्त्री कृष्णबहादुर रोकाया नाम चर्चामा छ भने इतर पक्षले भूपेन्द्र जंग शाहीको नाममा अडान लिएको छ ।
सुदूरपश्चिमममा खुल्लाबाट कञ्चनपुरका पूर्व जिल्ला सभापति बलदेव बोहरा र अल्पसङ्ख्यक/अपाङ्गमा कैलाली जिल्ला सभापति नारायण दत्त भट्टको नाम चर्चामा छ । बोहरा यसअघि देउवा प्रधानमन्त्री हुँदा उनको सल्लाहकार पनि थिए ।
शेखर बाहिरिए पनि संस्थापन र इतर पक्षका नेताहरू छुट्टाछुट्टै छलफलमा छन् । संस्थापन पक्षका नेताहरू देउवाको कार्यकक्षमा छन् भने इतर पक्षका नेताहरु पूर्व पदाधिकारीको कक्षमा रहेका छन् ।
इतर पक्षका उपसभापति धनराज गुरुङ, महामन्त्री गगन थापा, सहायकमन्त्री बद्री पाण्डे, जीवन परियार, नेता अर्जुननरसिंह केसी र बलबहादुर केसी सहभागी छन् । यद्यपि, बैठक छाडेर बाहिरिएका नेता कोइराला केहिबेरपछि बैठकमा फर्किएका छन् ।
संस्थापन पक्षबाट सभापति देउवा, उपसभापति पूर्णबहादुर खड्का, सहमहामन्त्रीहरु भिष्मराज आङ्दम्बे, महालक्ष्मी उपाध्यक्ष डिना, फरमुल्ला मन्सुर, किशोर सिंह राठौर, प्रवक्ता प्रकाशशरण महत लगायत छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानका सर्वोच्च नेतासँग भेट्न तयार छन् ट्रम्प ?
-
पूर्वप्रधानमन्त्री सुशीला कार्कीको सुझाव, ‘सत्तामा पुग्दैमा विपक्षीलाई सिध्याउने खेलमा लाग्नु हुँदैन’
-
वातावरण जोगाउनेलाई विराटनगरको सम्मान
-
संवैधानिक आयोगका १९ पदाधिकारी सिफारिसमा प्रधानमन्त्री मौन
-
लोकतन्त्रको रक्षा र राष्ट्रियता संरक्षणमा युवाको भूमिका महत्त्वपूर्ण : मुख्यमन्त्री आचार्य
-
कामदार छनौट प्रक्रियामा अनियमितता भएको भन्दै दायर रिटमा लिखित जवाफ माग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण