डी ब्रुयना फर्किँदा सिटीको गोल वर्षा
सोमबार, २३ पुस २०८०, ०६ : ५४
इतिहाद । केभिन डी ब्रुयना गत अगस्त यता पहिलोपटक खेल मैदानमा फर्किँदा म्यानचेस्टर सिटीले हडर्सफिल्ड टाउनमाथि सहज जीत हासिल गरेको छ । एफए कपको तेस्रो चरणको खेलमा साबिक विजेता सिटी ५–० गोलले विजयी बनेको हो ।
खेलको ३३ औँ मिनेटमा फिल फोडेनले गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए । ५ मिनेटपछि नै जुलियन अल्भारेजले दोस्रो गोल थपे ।
दोस्रो हाफमा बेन ज्याकसनले हडर्सफिल्डका लागि आत्मघाती गोल गरे । ६५ औँ मिनेटमा फोडेनले खेलमा व्यक्तिगन दोस्रो गोल गरे । ७४ औँ मिनेटमा डी ब्रुयनाले जेरेमी डोकुका लागि गोलको अवसर सिर्जना गरेपछि टोली सहजै चौथो चरणमा प्रवेश गर्न सफल भयो ।
अन्य खेलमा लिड्सले पिटरब्रोलाई ३–० ले हरायो भने व्रेक्सह्यामले स्रिउसबरीलाई १–० ले पराजित गर्यो । वेस्ट ब्रोमले एल्डरसटमाथि ४–१ को जीत हासिल गर्न सफल भयो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण