बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

डी ब्रुयना फर्किँदा सिटीको गोल वर्षा

सोमबार, २३ पुस २०८०, ०६ : ५४
सोमबार, २३ पुस २०८०

इतिहाद । केभिन डी ब्रुयना गत अगस्त यता पहिलोपटक खेल मैदानमा फर्किँदा म्यानचेस्टर सिटीले हडर्सफिल्ड टाउनमाथि सहज जीत हासिल गरेको छ । एफए कपको तेस्रो चरणको खेलमा साबिक विजेता सिटी ५–० गोलले विजयी बनेको हो ।

खेलको ३३ औँ मिनेटमा फिल फोडेनले गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए । ५ मिनेटपछि नै जुलियन अल्भारेजले दोस्रो गोल थपे । 

दोस्रो हाफमा बेन ज्याकसनले हडर्सफिल्डका लागि आत्मघाती गोल गरे । ६५ औँ मिनेटमा फोडेनले खेलमा व्यक्तिगन दोस्रो गोल गरे । ७४ औँ मिनेटमा डी ब्रुयनाले जेरेमी डोकुका लागि गोलको अवसर सिर्जना गरेपछि टोली सहजै चौथो चरणमा प्रवेश गर्न सफल भयो ।

अन्य खेलमा लिड्सले पिटरब्रोलाई ३–० ले हरायो भने व्रेक्सह्यामले स्रिउसबरीलाई १–० ले पराजित गर्‍यो । वेस्ट ब्रोमले एल्डरसटमाथि ४–१ को जीत हासिल गर्न सफल भयो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप