प्राधिकरणविरुद्ध उत्रिए बुटवल–भैरहवाका दर्जन उद्योगी, लगाए आफ्नै उद्योगमा ताला

काठमाडौँ । बुटवल–भैरहवा क्षेत्रका दर्जन उद्योग नेपाल विद्युत् प्राधिकरणका विरुद्ध हडतालमा उत्रिएका छन् । प्राधिकरणले ट्रंक र डेडिकेटेड लाइनको बक्यौता उठाउने भन्दै देशभरका २३ उद्योगको बिजुली काटिसकेको छ ।
ट्रंक र डेडिकेटड लाइनको बिजुली प्रयोग नै नगरी आफ्नो उद्योगलाई समेत बिलिङ भएको भन्दै त्यस क्षेत्रका उद्योग हडतालमा उत्रिएका हुन् । भैरहवाका उद्योगी डोलराज अधिकारीले बुटवल–भैरहवाका २३ वटा उद्योग हडतालमा उत्रिएको जानकारी दिए ।
उनले प्राधिकरणविरुद्धको हडतालमा २३ उद्योग उत्रिएको बताउँदै भने, ‘आज हडताल जारी छ । भोलीदेखि के गर्ने भन्ने नयाँ योजना बन्छ ।’ प्राधिकरणका अनुसार देशभरका ६१ वटा उद्योगले ट्रंक र डेडिकेटेड लाइनबापतको २२ अर्ब २४ करोड रुपैयाँ महशुल उठाउन बाँकी छ ।
ट्रंक र डेडिकेटेड लाइनको बक्यौता उठाउन पर्ने उद्योगको सूचीमा भैरहवाका उद्योगको समेत नाम छ । तर, बुटवल र भैरहवाका उद्योगी भने प्राधिकरणले प्रयोग नै नगरेको बिजुलीको बिलिङ भएको भन्दै महशुल नतिर्ने बताइरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आतङ्क र वार्ता सँगै जान सक्दैन
-
आईपीएल मे १७ बाट फेरि सुरु हुने, यस्तो छ तालिका
-
दलका प्रमुख सचेतकहरूसँग सभामुखको छलफल
-
प्रेस स्वतन्त्रताको नाममा नेपालमा अराजकता बढ्यो: सञ्चारमन्त्री गुरुङ
-
करेन्ट लागि ज्यान गुमाएका अमिनको परिवारलाई पाँच लाख सहयोग
-
अर्थमन्त्री पौडेललाई यातायात व्यवसायीको ध्यानाकर्षण पत्र