दक्षिण एसियाकै ठुलो खाद्य मेला भारतको नोयडामा सुरू, नेपालबाट ४५ व्यवसायी सहभागी

काठमाडौँ । खाद्य तथा पेय पदार्थ सम्बन्धी अन्तर्राष्ट्रिय प्रदर्शनी इण्डुज फुड टेक सोमबारबाट भारतीय सहर ग्रेटर नोयडामा सुरु भएको छ । खानेकुरा तथा पेय पदार्थ सम्बन्धी यो प्रदर्शनी दक्षिण एसियाकै सबैभन्दा ठुलो कार्यक्रम भएको दाबी गरिएको छ ।
भारतसहित दक्षिण एसियाली राष्ट्रहरूलाई अन्तर्राष्ट्रिय फुड चेनमा जोड्ने उद्देश्यले आयोजना हुँदै आएको इण्डुज फुड टेकमा नेपालकातर्फबाट ४५ जना उद्यमीको सहभागिता छ । यस्तै, उद्योग वाणिज्य महासंघको उपाध्यक्ष हेमराज ढकालसहित उपाध्यक्ष ज्योत्सना श्रेष्ठ र कोषाध्यक्ष निरक केसीको समेत उपस्थिति छ ।
प्रदर्शनीमा अलैँची, डेरी, कफी, हर्व्स एण्ड हर्वल लगायतका विभिन्न ७ स्टल समेत राखिएको छ । यसबाहेक अन्य नेपाली कम्पनीहरूको पनि सहभागिता रहेको छ । प्रदर्शनीमा नेपाली कफी, चिया, जडीबुटी, खाद्य प्रशोधन, खाद्यान्न उत्पादन लगायतका स्टलहरू छन् । प्रदर्शनीलाई, खाद्य तथा खाद्यान्न क्षेत्रमा पछिल्लो विकसित नवीनतम प्रविधिको विस्तार, अन्तर्राष्ट्रिय सहकार्य एवं आगामी दिनमा खाद्य तथा पेय पदार्थ क्षेत्रलाई अझ गतिशील बनाउँदै लैजाने मुख्य हवकोरूपमा हेरिएको छ ।
प्रदर्शनीमा खाद्य उत्पादनसँग पछिल्लो पटक विकास भएका उच्चतम प्रविधि सहितको अत्याधुनिक मेशिन तथा खाद्यान्न प्रदर्शनी गरिएको छ । इण्डुज फुड टेकमा भारत सहित १ सय देशका २ हजार ५ सय भन्दा बढी कम्पनीहरूले भाग लिएका छन् । सो अवसरमा महासंघका उपाध्यक्ष ज्योत्सना श्रेष्ठले निर्यात तथा आयातमा रहेका कठिनाइ पहिचान गरी सम्बोधन गर्न आग्रह गरिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रविविरुद्ध उजुरी नदिएको भन्दै एकपछि अर्को गर्दै बोल्न थाले बचतकर्ता
-
ओमोडा एन्ड जेइकोलेको ‘स्विच एन्ड ड्राइभ प्रि-बजेट एक्सचेन्ज अफर’ सार्वजनिक, चीन भ्रमणकाे मौका
-
शिक्षामा कम्तीमा २० प्रतिशत लगानी, कसरी सम्भव छ ?
-
लुम्बिनी प्रदेश सभा बैठक बस्दै, यस्तो छ कार्यसूची
-
चितवनको रत्ननगरमा बस दुर्घटना, १५ जना घाइते
-
यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य