दक्षिण एसियाकै ठुलो खाद्य मेला भारतको नोयडामा सुरू, नेपालबाट ४५ व्यवसायी सहभागी
काठमाडौँ । खाद्य तथा पेय पदार्थ सम्बन्धी अन्तर्राष्ट्रिय प्रदर्शनी इण्डुज फुड टेक सोमबारबाट भारतीय सहर ग्रेटर नोयडामा सुरु भएको छ । खानेकुरा तथा पेय पदार्थ सम्बन्धी यो प्रदर्शनी दक्षिण एसियाकै सबैभन्दा ठुलो कार्यक्रम भएको दाबी गरिएको छ ।
भारतसहित दक्षिण एसियाली राष्ट्रहरूलाई अन्तर्राष्ट्रिय फुड चेनमा जोड्ने उद्देश्यले आयोजना हुँदै आएको इण्डुज फुड टेकमा नेपालकातर्फबाट ४५ जना उद्यमीको सहभागिता छ । यस्तै, उद्योग वाणिज्य महासंघको उपाध्यक्ष हेमराज ढकालसहित उपाध्यक्ष ज्योत्सना श्रेष्ठ र कोषाध्यक्ष निरक केसीको समेत उपस्थिति छ ।
प्रदर्शनीमा अलैँची, डेरी, कफी, हर्व्स एण्ड हर्वल लगायतका विभिन्न ७ स्टल समेत राखिएको छ । यसबाहेक अन्य नेपाली कम्पनीहरूको पनि सहभागिता रहेको छ । प्रदर्शनीमा नेपाली कफी, चिया, जडीबुटी, खाद्य प्रशोधन, खाद्यान्न उत्पादन लगायतका स्टलहरू छन् । प्रदर्शनीलाई, खाद्य तथा खाद्यान्न क्षेत्रमा पछिल्लो विकसित नवीनतम प्रविधिको विस्तार, अन्तर्राष्ट्रिय सहकार्य एवं आगामी दिनमा खाद्य तथा पेय पदार्थ क्षेत्रलाई अझ गतिशील बनाउँदै लैजाने मुख्य हवकोरूपमा हेरिएको छ ।
प्रदर्शनीमा खाद्य उत्पादनसँग पछिल्लो पटक विकास भएका उच्चतम प्रविधि सहितको अत्याधुनिक मेशिन तथा खाद्यान्न प्रदर्शनी गरिएको छ । इण्डुज फुड टेकमा भारत सहित १ सय देशका २ हजार ५ सय भन्दा बढी कम्पनीहरूले भाग लिएका छन् । सो अवसरमा महासंघका उपाध्यक्ष ज्योत्सना श्रेष्ठले निर्यात तथा आयातमा रहेका कठिनाइ पहिचान गरी सम्बोधन गर्न आग्रह गरिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निष्प्रभावी बन्दै बालेन सरकारको नीति, एकपछि अर्को धक्का
-
कास्कीमा बिहान ८ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
डिल्लीबजार कारागारबाट भागेका सिबी लामा पक्राउ
-
चिनियाँ अनुदानको पर्खाइमा अलपत्र चक्रपथः कलंकी–बसुन्धरा खण्डमा यात्रुलाई सकस
-
मलेसियाली उपभोक्ताको किनमेलमा एआइको प्रभाव बढ्दो
-
धर्नामा बसेकी विनुसँग महिलामन्त्रीको भेट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण