मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय

टेनिसमा नयाँ नियम : राति ११ बजेपछि एटीपी र डब्लूटीए प्रतियोगिता खेलाउन नपाइने

बुधबार, २५ पुस २०८०, १५ : ४१
बुधबार, २५ पुस २०८०

काठमाडौँ । विश्व टेनिसमा नयाँ नियम लागू गरिएको छ । उक्त नियम लागू भएपछि अब एटीपी र डब्लूटीए टुर प्रतियोगिताका कुनै पनि खेल राति ११ बजेपछि खेलाउन पाइने छैन । अब एटीपी र डब्लूटीए टुर प्रतियोगिताको समय तालिका निर्धारण गर्दा राति ११ बजेभन्दा अगाडि नै खेल सकिने गरी बनाउनु पर्नेछ ।

यसैगरी विश्व टेनिसको नेतृत्वदायी निकायले अब एक दिनमा एउटै कोर्टमा पाँचवटा भन्दा बढी खेल खेलाउन पनि रोक लगाएको छ । राति अबेरसम्म खेल खेलाउँदा खेलाडी र समर्थकबिच समस्या देखिएको भन्दै लामो समयदेखि विरोध हुँदै आएको थियो ।

राति अबेरसम्म खेल खेलाउँदा खेलाडी र समर्थकमा नकारात्मक असरहरु देखिएकाले यस्तो निर्णय लिइएको समाचारमा जनाइएको छ । सन् २०२२ को फेब्रुअरीमा मेक्सिकोको अकापुल्कोमा खेलिएको जर्मनीका एलेकजेन्डर जेरेभ र अमेरिकाका जेन्सन ब्रुक्सबिचको खेल अर्को दिन विहान ४ः५५ बजे सकिएको थियो ।

यसअघि ब्यवसायीक टेनिसका कतिपय खेलहरु मध्य रातमा सुरु गरिन्थ्यो । मध्य रातमा सुरु गरिएका कतिपय खेल लिम्बँदै गएर अर्को दिन विहानसम्म चल्थ्यो । यसले खेलाडीको स्वास्थ्यमा प्रतिकुल असर पार्ने गरेको गुनासो हुँदै आएको थियो । नयाँ नियम तत्काल लागू हुने समाचारमा जनाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप