टेनिसमा नयाँ नियम : राति ११ बजेपछि एटीपी र डब्लूटीए प्रतियोगिता खेलाउन नपाइने
काठमाडौँ । विश्व टेनिसमा नयाँ नियम लागू गरिएको छ । उक्त नियम लागू भएपछि अब एटीपी र डब्लूटीए टुर प्रतियोगिताका कुनै पनि खेल राति ११ बजेपछि खेलाउन पाइने छैन । अब एटीपी र डब्लूटीए टुर प्रतियोगिताको समय तालिका निर्धारण गर्दा राति ११ बजेभन्दा अगाडि नै खेल सकिने गरी बनाउनु पर्नेछ ।
यसैगरी विश्व टेनिसको नेतृत्वदायी निकायले अब एक दिनमा एउटै कोर्टमा पाँचवटा भन्दा बढी खेल खेलाउन पनि रोक लगाएको छ । राति अबेरसम्म खेल खेलाउँदा खेलाडी र समर्थकबिच समस्या देखिएको भन्दै लामो समयदेखि विरोध हुँदै आएको थियो ।
राति अबेरसम्म खेल खेलाउँदा खेलाडी र समर्थकमा नकारात्मक असरहरु देखिएकाले यस्तो निर्णय लिइएको समाचारमा जनाइएको छ । सन् २०२२ को फेब्रुअरीमा मेक्सिकोको अकापुल्कोमा खेलिएको जर्मनीका एलेकजेन्डर जेरेभ र अमेरिकाका जेन्सन ब्रुक्सबिचको खेल अर्को दिन विहान ४ः५५ बजे सकिएको थियो ।
यसअघि ब्यवसायीक टेनिसका कतिपय खेलहरु मध्य रातमा सुरु गरिन्थ्यो । मध्य रातमा सुरु गरिएका कतिपय खेल लिम्बँदै गएर अर्को दिन विहानसम्म चल्थ्यो । यसले खेलाडीको स्वास्थ्यमा प्रतिकुल असर पार्ने गरेको गुनासो हुँदै आएको थियो । नयाँ नियम तत्काल लागू हुने समाचारमा जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रुकुम पश्चिममा जुवाको खालबाट वडाध्यक्षसहित ६ जना पक्राउ
-
अयोध्या पुगे भारत भ्रमणमा रहेका लामिछाने (तस्बिरहरू)
-
स्टार कलाकारको प्रवेश रङ्गमञ्च विकासका लागि उत्साहजनक सङ्केत
-
‘झन्डै सात हजार कर्मचारीले कार्यालय समय पालना गरेनन्’
-
‘रङ्गमञ्च प्रवेशपछि मभित्रको ‘स्टारडम’ को अहङ्कार मेटियो’
-
कर्णालीका मुख्यमन्त्री भन्छन्—विगतजस्तै बालेन सरकारले पनि बजेटमा कर्णालीलाई उपेक्षा गर्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण