राष्ट्रिय सभा निर्वाचन : उजुरी छानबिनपछि आजै उम्मेदवारको नामावली प्रकाशित हुँदै
बिहीबार, २६ पुस २०८०, ०७ : १६

काठमाडौँ । आसन्न राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि मनोनयन दर्ता गराएका उम्मेदवारको आज नामावली प्रकाशित हुँदै छ । राष्ट्रिय सभाका रिक्त १९ सिटका लागि सोमबार सातै प्रदेशबाट ५२ जनाले मनोनयन दर्ता गराएका थिए ।
उजुरीको जाँचबुझ सकिने भएकोले आजै उम्मेदवारको नामावली प्रकाशन गर्ने निर्वाचन तालिका रहेको निर्वाचन आयोगले जनाएको छ । भोलि नाम फिर्ता लिन चाहने उम्मेदवारको नाम फिर्ता लिन सक्नेछन् । भोलि नै उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने निर्वाचन आयोगले जनाएको छ ।
उम्मेदवारलाई निर्वाचन चिह्न पुस २८ प्रदान गरिने छ । यस निर्वाचनमा सात प्रदेशमा एक-एक मतदान स्थल र दुई-दुई मतदान केन्द्र कायम गरिएको छ । मतदान माघ ११ गते बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सशस्त्रद्वारा सीमा क्षेत्रमा उच्च सतर्कता
-
भारत–पाकिस्तान तनावको प्रभावबारे छलफल गर्न सुरक्षा समिति बैठक
-
लुम्बिनी प्रदेश सभा छैठाैँ अधिवेशन ३१ गते बस्ने
-
मुस्ताङको स्याङमा उन्नत गाईपालन फस्टाउँदै
-
नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५ श्रावणदेखि, बुकिङ खुला
-
गोदावरीमा विज्ञान तथा प्रविधि सम्बन्धी अन्तर्राष्ट्रिय कार्यशाला सुरु