राष्ट्रिय सभा निर्वाचन : उजुरी छानबिनपछि आजै उम्मेदवारको नामावली प्रकाशित हुँदै
बिहीबार, २६ पुस २०८०, ०७ : १६
काठमाडौँ । आसन्न राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि मनोनयन दर्ता गराएका उम्मेदवारको आज नामावली प्रकाशित हुँदै छ । राष्ट्रिय सभाका रिक्त १९ सिटका लागि सोमबार सातै प्रदेशबाट ५२ जनाले मनोनयन दर्ता गराएका थिए ।
उजुरीको जाँचबुझ सकिने भएकोले आजै उम्मेदवारको नामावली प्रकाशन गर्ने निर्वाचन तालिका रहेको निर्वाचन आयोगले जनाएको छ । भोलि नाम फिर्ता लिन चाहने उम्मेदवारको नाम फिर्ता लिन सक्नेछन् । भोलि नै उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने निर्वाचन आयोगले जनाएको छ ।
उम्मेदवारलाई निर्वाचन चिह्न पुस २८ प्रदान गरिने छ । यस निर्वाचनमा सात प्रदेशमा एक-एक मतदान स्थल र दुई-दुई मतदान केन्द्र कायम गरिएको छ । मतदान माघ ११ गते बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण