एनएमबि बैंकको २८ औं बार्षिक साधारण सभा सम्पन्न, अध्यक्षमा गोयल चयन
काठमाडौँ । एनएमबि बैंकको २८औँ वार्षिक साधारण सभा बिहीबार सम्पन्न भएको छ । बैंकका सञ्चालक समितिका अध्यक्ष पवन कुमार गोल्याणको सभापतित्वमा उक्त साधारण सभा सम्पन्न भएको हो । सो साधारण सभामा बैंकका शेयरधनीहरुले आ–आफ्नो विचार समेत ब्यक्त गरेका थिए ।
उक्त साधारण सभामा पूर्व घोषित कार्यक्रम वमोजिम संस्थापक शेयरधनीहरुको तर्फबाट मनोज कुमार गोयल र जीवन कुमार कट्वाल निर्वाचित भए । यसैगरी, सर्वसाधारण शेयरधनीहरुको समुहबाट उत्तम भ्लोन, शिरिष कुमार मुरारका र हरिश्चन्द्र सुवेदी निर्वाचित भए । एफएमओको तर्फबाट निको पिलको सट्टामा शर्मिला हार्दि प्रकाशलाई मनोनित गरी पठाएको जानकारी सभालाई गराइएको छ ।
लगत्तै निर्वाचित सञ्चालकहरुको बैठकले मनोज कुमार गोयललाई नयाँ कार्यकालको अध्यक्षमा चयन गरेको छ ।
बैंकको २०८० आषाढ सम्ममा खुद नाफा रु.३ अर्ब २२ करोड, निक्षेप रु.२१३.०४ अर्ब र कर्जा रु.१९७.४७ अर्ब रहेको छ ।
बैंकले हाल देशभरी २०१ शखा, १७१ एटिएम र १२ एक्सटेन्सन काउन्टरहरू मार्फत बैंकिङसेवा प्रदान गर्दै आइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण