आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

एनएमबि बैंकको २८ औं बार्षिक साधारण सभा सम्पन्न, अध्यक्षमा गोयल चयन

बिहीबार, २६ पुस २०८०, २० : ४०
बिहीबार, २६ पुस २०८०

काठमाडौँ । एनएमबि बैंकको २८औँ वार्षिक साधारण सभा बिहीबार सम्पन्न भएको छ । बैंकका सञ्चालक समितिका अध्यक्ष पवन कुमार गोल्याणको सभापतित्वमा उक्त साधारण सभा सम्पन्न भएको हो । सो साधारण सभामा बैंकका शेयरधनीहरुले आ–आफ्नो विचार समेत ब्यक्त गरेका थिए । 

उक्त साधारण सभामा पूर्व घोषित कार्यक्रम वमोजिम संस्थापक शेयरधनीहरुको तर्फबाट मनोज कुमार गोयल र जीवन कुमार कट्वाल निर्वाचित भए ।  यसैगरी, सर्वसाधारण शेयरधनीहरुको समुहबाट उत्तम भ्लोन, शिरिष कुमार मुरारका र हरिश्चन्द्र सुवेदी निर्वाचित भए । एफएमओको तर्फबाट निको पिलको सट्टामा शर्मिला हार्दि प्रकाशलाई मनोनित गरी पठाएको जानकारी सभालाई गराइएको छ । 
लगत्तै निर्वाचित सञ्चालकहरुको बैठकले मनोज कुमार गोयललाई नयाँ कार्यकालको अध्यक्षमा चयन गरेको छ ।

बैंकको २०८० आषाढ सम्ममा खुद नाफा रु.३ अर्ब २२ करोड, निक्षेप रु.२१३.०४ अर्ब र कर्जा रु.१९७.४७ अर्ब रहेको छ । 
बैंकले हाल देशभरी २०१ शखा, १७१ एटिएम र १२ एक्सटेन्सन काउन्टरहरू मार्फत बैंकिङसेवा प्रदान गर्दै आइरहेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप