हजुरआमाबाट पाएको साढे २ करोड युरो बाँड्ने अस्ट्रियन युवतीको घोषणा
भियना । अस्ट्रियाकी एक युवतीले आफूले पाएको पैतृक सम्पत्ति बाँड्ने घोषणा गरेकी छिन् । हजुरआमाबाट पाएको अधिकांश सम्पत्ति बाँड्नका लागि ३१ वर्षीया मार्लिन एञ्जलहर्नले एउटा नागरिक समूह गठन गरेकी छिन् । २ करोड ५० लाख युरो ५० जना अष्ट्रियनहरुलाई बाँडिने छ । पैसा पाउने व्यक्तिहरू चयनका लागि सो समूह बनाइएको हो ।
आफूले केही नगरिकन सम्पत्ति पाएको अनि राज्यले पनि यसमा कर लिन नचाहेकोले पैसा बाँडेर सक्ने ध्याउन्नमा एञ्जलहर्न छिन् । पैतृक सम्पत्तिमा कर खारेज गर्ने केही यूरोपेली देशहरूमध्ये अस्ट्रिया पनि पर्दछ । अस्ट्रियाले सन् २००८ मै पैतृक कर खारेज गरेको थियो । एञ्जलहर्न जर्मन केमिकल तथा फर्मा कम्पनी बीएएसएफका संस्थापक फ्रेडरिक एञ्जलहर्नको वंशज हुन् । सन् २०२२ को सेप्टेम्बरमा उनकी हजुरआमाको मृत्यु भएपछि मार्लिनले करोडौँ डलर बराबरको पैतृक सम्पत्ति पाएकी थिइन् । उनको मृत्यु अघि नै मार्लिनले आफूले पाउने ९० प्रतिशत बाँड्न चाहेको बताएकी थिइन् ।
आफ्नी हजुरआमाको मृत्यु अगावै मार्लिनले आफूले पाउने ९० प्रतिशत सम्पत्ति बाँडिदिने घोषणा गरेकी थिइन् । बुधवार देशभरबाट र्यान्डमली छानिएका १० हजार जनाको नाम आएको छ । यसमध्येबाट सबै उमेर समूह, संघीय राज्य, सामाजिक वर्ग र पृष्ठभूमिका मान्छेहरूलाई समेटिने गरी ५० जनालाई पैसा बाँडिनेछ । एञ्जलहर्नको कति सम्पत्ति बाँड्न लागिएको हो भनेर स्पष्ट छैन । सन् २०२१ मा भने उनले कम्तिमा ९० प्रतिशत सम्पत्ति बाँड्ने घोषणा गरेकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इप्पानको नयाँ कार्यसमितिद्वारा पदभार ग्रहण
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दोस्रो हाफको सरुवातमै जमाल मुसियालाको गोल, जर्मनी ४–१ ले अघि
-
फिफा विश्वकप २०२६ः जर्मनी ४–१ ले अघि
-
हप्ता भरी काम गरेर म बिदाको दिन जिस्किन्छु, यो समस्या हैन: प्रधानमन्त्री बालेन्द्र शाह
-
काइ हाभर्ट्जको पेनाल्टी गोल, पहिलो हाफमा जर्मनी ३–१ ले अघि
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण