बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

बिगमार्टमा समान खरिद गर्दा कार उपहार

शनिबार, २८ पुस २०८०, ०६ : ५१
शनिबार, २८ पुस २०८०

काठमाडौँ । बिगमार्टले यस जाडो मौसमलाई मध्यनजर गर्दै आफ्ना ग्राहकहरूका लागि बिगमार्ट कार उपहार उत्सव लिएर आएको छ । 

यस उत्सव अन्तर्गत बिगमार्टमा किनमेल गर्ने ग्राहकहरुलाई जाडोको समयमा किनमेलको अनुभव अझ विशेष बनाउन  माघ एक गतेबाट आगामी फाल्गुन १५ गतेसम्म हरेक सामानको खरिदमा आकर्षक छुट तथा अविश्वसनीय उपहारहरूको व्यवस्था गरेको छ । 

जसमा बम्पर पुरस्कार एक जना भाग्यशाली ग्राहकलाई एउटा टाटा टीएगो कार,  एक जना भाग्यशाली ग्राहकलाई एउटा यमाहा रेजेड स्कुटर ,  भाग्यशाली पाँच जना ग्राहकलाई ५ वटा स्मार्ट फोनहरू, १० भाग्यशाली ग्राहकहरूका लागि जनही पाँच हजार  रु. पाँच हजारको व्यवस्था गरिएको छ । 

प्रत्येक रु. ७५० वा सो भन्दा बढीको खरिदमा पुरस्कारहरूको लागि लक्की ड्रमा प्रवेश गर्न सकिनेछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप