दाङमा भएको बस दुर्घटनाप्रति देउवाद्वारा दुःख व्यक्त
शनिबार, २८ पुस २०८०, ११ : ३७
काठमाडौँ । दाङमा भएको बस दुर्घटनाप्रति नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गहिरो दुःख व्यक्त गरेका छन् । बाँकेको नेपालगञ्जबाट काठमाडौँ आउँदै गरेको भे १ ख ३९१२ नम्बरको बस शुक्रबार राति साढे १० बजेतिर दाङको देउखुरीको राप्ती गाउँपालिका—१ भालुवाङ स्थित राप्ती नदीको पुलबाट खस्दा १२ जनाको मृत्यु भएको छ २२ जना घाइते भएका छन् ।
सभापति देउवाले मृतकहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै आत्माको चिर शान्तिको कामना साथ शोक सन्तप्त परिवारजनप्रति पार्टी र आफ्नो तर्फबाट गहिरो समवेदना प्रकट गरेका छन् । साथै, घाइतेहरूको उपचारको प्रबन्ध मिलाउन सरकारलाई आग्रह गरेका छन् ।
पछिल्लो समय यस्ता सडक दुर्घटना बढ्दै गइरहेकोले तत्काल एक कार्यदल गठन गरी घटनाहरूको गहिरो अध्ययन गरेर यस्ता घटनाहरूलाई नियन्त्रण गर्न गराउन सरकारको ध्यानाकृष्ट समेत गराएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
-
अमेरिकाले फेर्यो विद्यार्थी भिसाको नियम : सेप्टेम्बर १५ देखि लागू हुने
-
ओली र प्रचण्डबिच भेटवार्ता
-
तरकारी बेच्न नदिएको भन्दै कीर्तिपुरमा पनि आत्मदाह प्रयास
-
जलस्रोत र ऊर्जा विधेयकमा प्रदेश र स्थानीय तहले खाजे स्रोतमाथिको स्वामित्व
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण