दाङमा भएको बस दुर्घटनाप्रति देउवाद्वारा दुःख व्यक्त
शनिबार, २८ पुस २०८०, ११ : ३७

काठमाडौँ । दाङमा भएको बस दुर्घटनाप्रति नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गहिरो दुःख व्यक्त गरेका छन् । बाँकेको नेपालगञ्जबाट काठमाडौँ आउँदै गरेको भे १ ख ३९१२ नम्बरको बस शुक्रबार राति साढे १० बजेतिर दाङको देउखुरीको राप्ती गाउँपालिका—१ भालुवाङ स्थित राप्ती नदीको पुलबाट खस्दा १२ जनाको मृत्यु भएको छ २२ जना घाइते भएका छन् ।
सभापति देउवाले मृतकहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै आत्माको चिर शान्तिको कामना साथ शोक सन्तप्त परिवारजनप्रति पार्टी र आफ्नो तर्फबाट गहिरो समवेदना प्रकट गरेका छन् । साथै, घाइतेहरूको उपचारको प्रबन्ध मिलाउन सरकारलाई आग्रह गरेका छन् ।
पछिल्लो समय यस्ता सडक दुर्घटना बढ्दै गइरहेकोले तत्काल एक कार्यदल गठन गरी घटनाहरूको गहिरो अध्ययन गरेर यस्ता घटनाहरूलाई नियन्त्रण गर्न गराउन सरकारको ध्यानाकृष्ट समेत गराएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णालीमा प्रतिपक्षले बजेटलाई किन मान्यो ‘अवैध’ ?
-
पहिला खेल मैदानमा पसिना बगाए, अहिले खेलकुद हाँक्ने जिम्मा पाए
-
सर्वोच्चले एनआरएनएको १० औँ महाधिवेशन रद्द गर्ने आफ्नै फैसला पुनरावलोकन गर्ने
-
'टेक एण्ड पे' पीपीए संशोधनमा सरकार गम्भीर नभएपछि इप्पानले घोषणा गर्यो आन्दोलन
-
बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का पूर्वकार्यकारी निर्देशक ठाकुरसहित ९ जनाविरूद्ध भ्रष्टाचार मुद्दा
-
‘कुलिङ पिरियड’ हटाउने चलखेलविरूद्ध अधिकांश दल, एक्लिँदै एमाले