अमेरिकाद्वारा शनिबार पनि हुथी विद्रोहीमाथि हवाई आक्रमण
वासिङ्टन । अमेरिकाले शनिबार पनि यमनमा हुथी विद्रोहीको ठेगानामा हवाई आक्रमण गरेको थियो । अमेरिकी सेनाले शनिबार स्थानीय समय अनुसार बिहान ३ बजेर ४५ मिनेटमा यी हमला गरिएको बताएको छ ।
सेनाका अनुसार लाल सागरमा रहेको अमेरिकी नौसेनाको युद्धपोत यूएसएस कार्नीबाट टोमाहक मिसाइल प्रयोग गरी हमला गरिएको हो । यसअघि हुथी विद्रोहीको टिभी च्यानल अल–मसिराहले आज बिहानै यमनको राजधानी सानामा हवाई आक्रमण भएको जानकारी दिएको थियो ।
यसअघि अमेरिकी राष्ट्रपति जो बाइडेनले हुथी विद्रोहीलाई ‘आतंकवादी’ संगठन भनेका थिए । उनको भनाइ महत्वपूर्ण छ किनभने राष्ट्रपति बनेको एक महिनाभित्र जो बाइडेनले ट्रम्प सरकारको निर्णय उल्टाइदिएका थिए । ट्रम्प सरकारले हुथी विद्रोहीलाई ‘विदेशी आतंकवादी संगठन’ भनेको थियो।
यदि हुथी विद्रोहीहरूले यस्तो क्रूर मनोवृत्ति (जहाजमा आक्रमण) जारी राखे भने अमेरिकाले उनीहरूलाई जवाफ दिने बाइडेनले चेतावनी दिएका छन् ।
मध्यपूर्वमा कच्चा तेलको मूल्य बढेको बारे उनले आफू निकै चिन्तित रहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१३ अङ्कले घट्यो सेयर बजार, कारोबार ४ अर्ब ७० करोडमा सीमित
-
मलेसियामाथि नेपालको सानदार जित
-
गाडीमा कर छल्न भन्सारमा चलखेल : रसुवाका ६ जना कर्मचारी तानिए, छानबिन समिति गठन
-
गाजामा पछिल्लो २४ घण्टामा कम्तीमा ११ जनाको मृत्यु, ३२ जना घाइते
-
भुटानी ब्याटरलाई ‘टाइम–आउट’ आउट गराएको घटनामा नेपाल क्रिकेट सङ्घले माग्यो माफी
-
युद्धविराम घोषणाको केही घण्टामै इजरायल र हिजबुल्लाहबिच हानाहान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण