यो साता घट्यो सुनचाँदीको मूल्य
काठमाडौँ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यो साता स्थानीय बजारमा सुनको मूल्य तोलामा ९०० रुपैयाँले घटेको छ । गत साताको शुक्रबारको तुलनामा यो साताको शुक्रबारसम्ममा प्रतितोला ९०० रुपैयाँले सुनको मूल्य घटेको हो ।
गत साताको शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख १९ हजार ५०० रुपैयाँ थियो । यस्तै, तेजाबी सुनको मूल्य तोलामा १ लाख १८ हजार ९५० रुपैयाँ थियो । महासंघका अनुसार यो साता छापावाल सुनको मूल्य तोलामा १ लाख १८ हजार ६०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख १८ हजार ५० रुपैयाँ छ ।
यो साताको आइतबार शुक्रबारकै मूल्यमा कारोबार भएको सुन त्यसपछि लगातार ४ दिन घटेर कारोबार भयो । तर, शुक्रबार तोलामा ३०० रुपैयाँले बढेसँगै १८ हजार ६०० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।
सुनसँगै यो साता चाँदीको मूल्यमा समेत गिरावट आएको छ । गत साताको शुक्रबार तोलामा १४ सय २० रुपैयाँ रहेको चाँदीको मूल्य यो साताको शुक्रबार १४ सय रुपैयाँमा कारोबार भएको छ । यो २० रुपैयाँ प्रतितोलाको गिरावट हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण