बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

बस दुर्घटनाका घाइतेहरूको उपचारमा कमी हुन नदिन मन्त्री केसीको निर्देशन

शनिबार, २८ पुस २०८०, १४ : २२
शनिबार, २८ पुस २०८०

बाँके । लुम्बिनी प्रदेशका सहरी विकास मन्त्री कृष्णा केसी (नमुना)ले भालुबाङ बस दुर्घटनाका घाइतेहरूको उपचारमा कुनै कमी हुन नदिन निर्देशन दिएकी छन् । नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा पुगेर उपचाररत दुर्घटनाका घाइतेको स्वास्थ्य अवस्था बुझ्दै उनले उपचारमा कुनै कमी हुन नदिन निर्देशन दिएका हुन् ।

दुर्घटनामा घाइते भएकाहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै मन्त्री केसीले उपचारमा गम्भीर बन्न र उपचारमा कुनै कमी हुन नदिन सम्बन्धित निकायलाई निर्देशनसमेत दिइन् । अस्पताल प्रशासन, उपचारमा संलग्न चिकित्सक र बस समितिका प्रतिनिधिलाई मन्त्री केसीले घाइतेहरूको उपचारमा कुनै कमी हुन नदिन आग्रह गरिन् ।

WhatsApp Image 2024-01-13 at 10.45.58

‘बस समितिले घाइतेहरूको उपचार गर्छ र अहिले गरिरहेको पनि छ,’ उनले भनिन्, ‘तपाईंहरू (चिकित्सक) ले पनि उपचारमा कुनै कमी हुन नदिनुहोला ।’ आर्थिक अभावकै कारण घाइतेहरूको उपचारमा समस्या आउन नदिन समेत मन्त्री केसीले निर्देशन दिइन् । मन्त्री केसीले नेपालगन्जबाट काठमाडौँ जाँदै गरेको बस दुर्घटनाबाट आफू मर्माहत भएको समेत बताएकी छन् । साथै उनले दुर्घटनामा ज्यान गुमाएकाहरूका परिवारजनमा शोक व्यक्त गरेकी छन् ।

शिक्षण अस्पताल कोहलपुरमा उपचाररत १३ जना घाइतेहरूमध्ये एक जना डिस्चार्ज गरिएको अस्पताल प्रशासनले जनाएको छ । हाल उपचाररत १२ जना घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको छ । नेपालगन्जबाट काठमाडौँका लागि छुटेको बस शुक्रवार राति दाङको भालुवाङस्थित राप्ती नदी पुलबाट खसेर दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको थियो भने २२ जना घाइते भएका थिए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप