पत्रकारलाई माइकबाट दुई घण्टा गाली गर्न चाहन्छन् यी व्यक्ति, प्रशासनसँग मागे अनुमति
काठमाडौँ । अखबारमा प्रकाशित समाचारले आफ्नो प्रतिष्ठालाई क्षति पुगेको भन्दै एक जनाले पत्रकारलाई माइकबाट दुई घण्टा गाली गर्नका लागि प्रशासनसँग अनुमति माग गर्दै पत्र पठाएका छन् ।
छिमेकी मुलुक भारतको प्रतापगढ जिल्लाको घटना हो यो । प्रतापगढ जिल्लाको दहिलामउ निवासी प्रतीक सिन्हा नाम गरेका व्यक्तिको जमिनमा केही अघि प्रशासनले डोजर चलाएको थियो । एक अखबारमा प्रतीक सिन्हाले सरकारी जमिन कब्जा गरेर अवैध प्लटिङ गरेको समाचार प्रकाशन भएपछि स्थानीय प्रशासनले उक्त कारबाही गरेको थियो ।
त्यसपछि प्रतीकले उक्त अखबारका मुख्य सम्पादक, स्थानीय सम्पादकसहितलाई पत्र लेख्दै समाचारसँग सम्बन्धित प्रमाण मागेका थिए । प्रमाण उपलब्ध नगराए अदालत जाने चेतावनीसहित उनले अखबारमा खण्डन प्रकाशित गर्न मागसमेत गरेका थिए ।
तर अखबारले बेवास्ता गरेपछि प्रतीकले उपजिल्लाअधिकारीलाई सम्बोधन गर्दै पत्र लेखेका छन् । उक्त पत्रमा सो अखबारका ब्युरो प्रमुख र जिल्ला संवाददातालाई २ घण्टासम्म माइकबाट गाली गर्न चाहेको भन्दै उनले त्यसका लागि अनुमति माग गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण