तरुलको मूल्य घट्यो, पिँडालु र सखरखण्डको मूल्य बढ्यो
काठमाडौँ । तरुलको मूल्य घटेको छ भने, पिँडालु र सखरखण्डको मूल्य बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको दैनिक मूल्य सूची अनुसार ७ प्रतिशतले तरुलको मूल्य घटेको हो । यस्तै, पिँडालु र सखरखण्डको मूल्य ३२ प्रतिशतले बढेको हो ।
गत मंसिर २८ गते ७० रुपैयाँ प्रतिकिलोमा कारोबार भएको तरुलको मूल्य आज ६५ रुपैयाँ प्रतिकिलो दैनिक मूल्यसूचीमा उल्लेख छ । यस्तै, एक महिना अगाडी ५६.६७ रुपैयाँ प्रतिकिलोमा कारोबार भएको सखरखण्ड र पिँडालुको मूल्य आज प्रतिकिलो ७५ रुपैयाँ पुगेको छ ।
कालीमाटीमा तरुल, सखरखण्ड र पिँडालुको आपूर्ति पनि बढेको छ । एक महिना अगाडि दैनिक करिब ७ हजार ४५ केजीमा आपूर्ति हुँदै आएको तरुल आज मात्रै २ लाख २ हजार केजी आपूर्ति भएको छ । यस्तै, सखरखण्ड गत महिना ६ सय केजी आयात भएको थियो भने आज १२ हजार ४ सय केजी भित्रिएको छ । पिँडालुको आपूर्ति बढेको छ । गत महिना ४ हजार ३ सय केजी आयात भएको पिँडालु ७ हजार ८ सय केजी कालीमाटीमा आपूर्ति भएको छ । माघेसंक्रान्तिको अवसरमा तरुल, पिँडालु र सखरखण्डको माग उच्च हुन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण