सबैभन्दा पाको उमेरकी मोडल : ९२ वर्षकी कार्मेन डेल’ओरिफिस
प्राग । कार्मेन डेल’ओरिफिस फेशन उद्योगमा कार्यरत सबैभन्दा पाको उमेरकी मोडल हुन् । १३ वर्षको उमेरमा फेशन उद्योगमा छिरेकी डेल’ओरिफिस अहिले ९२ वर्षकी भइन् ।
ब्याले नृत्यको कक्षामा जान बस चढेर जाँदै गर्दा फोटोग्राफर हर्मन ल्यान्ड्सशोफकी पत्नीले उनलाई भेटेकी थिइन् । १५ वर्षको उमेरमा उनी भोग पत्रिकाको कभर गर्ल बनिन् ।
गएको वर्ष ९२ वर्षको उमेरमा डेल’ओरिफिस भोग चेकोस्लाभाकियाको कभर तस्बिर बनेकी थिइन् । त्यति बेला उनी विश्वकै सबैभन्दा पाको वर्किङ मोडल थिइन् । न्यूयोर्कमा जन्मिएकी डेल’ओरिफिसको बाल्यकाल सहज भने थिएन । परिवारको आर्थिक अवस्था ठिक थिएन । कुपोषणका कारण उनलाई ड्रेसहरू यति खुकुलो हुन्थ्यो कि फोटो खिच्दा पछाडिपट्टि सिलाएर लगाउनु पर्थ्यो, कम्मरमा टिस्युले बेर्नु पर्थ्यो ।

तर मोडलिङमा जम्दै गएपछि घरपरिवारलाई पाल्ने सक्ने भइन् । उनको व्यक्तिगत जीवन भने रमाइलो छैन । दुःख, संघर्ष उत्पीडनले भरिएको छ ।
महिला र पुरुष दुवैले आफ्नो ख्याल राख्नु पर्ने अनि आफैँलाई माया गर्नु पर्ने उनी बताउँछिन् । सौन्दर्यलाई टिकाइराख्ने उनको मूल मन्त्र नै बच्चालाई जस्तै गरी आफ्नो हेरचाह गर्नुपर्छ भन्ने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इप्पानको नयाँ कार्यसमितिद्वारा पदभार ग्रहण
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दोस्रो हाफको सरुवातमै जमाल मुसियालाको गोल, जर्मनी ४–१ ले अघि
-
फिफा विश्वकप २०२६ः जर्मनी ४–१ ले अघि
-
हप्ता भरी काम गरेर म बिदाको दिन जिस्किन्छु, यो समस्या हैन: प्रधानमन्त्री बालेन्द्र शाह
-
काइ हाभर्ट्जको पेनाल्टी गोल, पहिलो हाफमा जर्मनी ३–१ ले अघि
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण