२८ खर्ब ९० अर्ब डलरमा उक्लियो माइक्रोसफ्टको बजार पुँजीकरण

क्यालिफोर्निया । अमेरिकी बहुराष्ट्रिय प्रविधि कम्पनी माइक्रोसफ्ट कर्पोरेशनको बजार पुँजीकरण २८ खर्ब ९० अर्ब डलरमा उक्लिएको छ । शुक्रबार बजार पूँजीकरणको आधारमा सबैभन्दा ठूलो कम्पनीको रुपमा रहेको एप्पललाई उछिनेर माइक्रोसफ्ट शीर्ष स्थानमा उक्लिएको छ ।
कृत्रिम बौद्धिकता (एआई)मा लगानी गरेसँगै यो वर्ष कम्पनीको शेयर मूल्यमा व्यापक वृद्धि भएको थियो । चीनमा आइफोनको विक्री सुस्ताउँदा यो वर्ष एप्पलको लागि अवस्था जटिल बनेको छ ।
शुक्रबार शेयर बजारमा कारोबार बन्द हुँदा एप्पलको बजार पुँजीकरण २८ खर्ब ७० अर्ब डलर थियो भने माइक्रोसफ्टको बजार पुँजीकरण २८ खर्ब ९० अर्ब डलर थियो । योसँगै माइक्रोसफ्ट पब्लिक्ली शेयर कारोबार हुने विश्वको सबैभन्दा मूल्यवान् कम्पनी बनेको छ ।
स्याम अल्टम्यानको एआई कम्पनी ओपनएआईमा १० अर्ब डलर लगानी गरेयता माइक्रोसफ्टको शेयर लगातार बढिरहेको छ । प्रविधि कम्पनीहरुले कृत्रिम मौद्धिकतामा धमाधम लगानी ओइराइरहँदा गएको वर्ष नास्डाक शेयर परिसूचक ५४ प्रतिशतले बढेको थियो । यो उछाल यस वर्ष पनि देखिने विश्लेषकहरुले भविष्यवाणी गरिरहेका छन् ।
तर एप्पलको लागि नयाँ वर्षको शुरुआत राम्रो रहेन । अमेरिकामा कानूनी लडाईका कारण कम्पनीले एप्पल वाच बेच्न पाएन । कम्पनीको शेयर मूल्यको प्रक्षेपण कटौतीको घोषणायता शेयर मूल्य ओरालो लागिरहेको छ ।
बेलायती बैंक बार्कलेजले शुरुमा शेयर मूल्यको प्रक्षेपण घटाउँदा एकै दिनमा एप्पलको बजार पुँजीकरण १ खर्ब डलरले गुमेको थियो । यो वर्ष पनि चीनको समस्या जारी रहने अपेक्षा गरिएको छ । चीनले सरकारी अधिकारीहरुलाई आइफोन प्रयोग गर्न बन्देज लगाइरहेको छ । सन् २०२२ को तुलनामा सन् २०२३ मा चीनमा आइफोनको विक्री ३० प्रतिशतले घटेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जापानमा ‘नेपाल फेशन एन्ड इन्टरटेन्मेन्ट इन्टरनेशनल अवार्ड’ सम्पन्न
-
मुम्बई इन्डियन्सका खेलाडीलाई दोहोरो झट्का
-
यातायात व्यवसायीसँग छलफल गर्न सहसचिवको संयोजकत्वमा वार्ता समिति गठन
-
आगलागीमा परेर वृद्धको मृत्यु
-
निजामती कर्मचारीले दिए सामान्य प्रशासन मन्त्रालयमा धर्ना
-
भारतमा कोभिडका झन्डै ४ हजार बिरामी, २४ घण्टामा ४ जनाको मृत्यु