मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय

फर्स्टलुक्समा यस्तो देखियो रेखा थापाको ‘उपहार’

सोमबार, ०१ माघ २०८०, ०८ : ३८
सोमबार, ०१ माघ २०८०

काठमाडौँ । आगामी फागुन २५ गतेबाट सार्वजनिक प्रदर्शनमा आउने फिल्म ‘उपहार’को फष्टलुक सार्वजनिक गरिएको छ । निर्माण युनिटले एकसाथ ४ पोस्टर फर्स्टलुक्सको रूपमा ल्याएको हो । 

माघे सङ्क्रान्तिको अवसर पारेर सार्वजनिक फर्स्टलुक्स फिल्मका मुख्य कलाकार रेखा थापा, पूजा शर्मा, बेनिशा हमाल र मुकुन भुसाल लगायतले प्राथमिकता पाएका छन् । एक पोस्टरमा चिया घरलाई पृष्ठभूमिमा राखेर बनाइएको छ । जसमा रेखालाई थर्मस र चियाको ग्लास बोकेको देखाइएको छ । फर्स्टलुक्स पोस्टरमा अभिनेता मुकुन भुसाल ह्वीलचियरमा बसेका छन् । उनलाई रेखाले दुई हातले समाएर माया गरेको देख्न सकिन्छ । अभिनेत्री पूजा खुसी देखिएकी छन् भने बेनिशाले केही भन्न खोजेको देखाइएको छ ।

416890882_774711657833689_4585935371882943274_n

अर्कोमा अभिनेता तेज गिरी र अभिनेत्री बेनिशा हमाल बेहुला बेहुली लुक्समा छन् । जहाँ मुकुन र रेखा तथा समर्पण जंग कार्की र पूजा शर्मा पनि अटाएका छन् । त्यस्तै तेस्रोमा मुकुन, रेखा, पूजा र बेनिशा खुसी भावमा देखाइएछन् भने चौथोमा मुकुनलाई ह्वील चियरमा देखाइँदा रेखा कालो चस्मामा छाएकी छन् ।

ज्ञानेन्द्र देउजा निर्देशित फिल्ममा रेखा थापा प्रस्तुतकर्ता हुन् । रेखा फिल्मस् र कपनगढी सिनेमा प्रालिको ब्यानरमा निर्माण गरिएको फिल्ममा सुलभ प्रतीक देउजा र समीक्षा देउजा निर्माता रहेका छन् । फिल्मको कार्यकारी निर्माता बलराम शाही ठकुरी हुन् । सार्वजनिक सबै फर्स्टलुक्सले फिल्मको कथा झल्काउने निर्देशक देउजाले बताए ।

419450291_276337401825859_4932981290068356383_n

निर्माण पक्षले यसअघि फिल्मका दुई गीत ‘वाह वाह वाह’ र ‘मुटुको चार आना’ सार्वजनिक गरेको थियो । फिल्ममा रेखा थापा, मुकुन भुसाल, पूजा शर्मा, बेनिशा हमाल, तेज गिरी, समर्पणजंग कार्की, सुष्मा कार्की, अंशु महर्जन र आशा भुसालको अभिनय छ ।

फिल्ममा विष्णु कल्पित घिमिरेको छायाङ्कन, अर्जुन पोखरेल र बाबुल गिरीको संगीत, प्रमोद ढुंगाना  शंकर अधिकारी ‘घायल’ र मुक्त उदासको गीत, मित्र डि गुरुङको सम्पादन, सुलक्षण भारतीको कथा, अभिमन्यु निरवी र माधव शर्माको पटकथा तथा संवाद, अनुपम गौतमको भीएफएक्स र रोशन श्रेष्ठको द्वन्द्व रहेको छ । फिल्मलाई रिच इन्टरटेनमेन्ट र एफडी कम्पनीले वितरण गर्दैछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप