मेलम्चीको पानी उद्घाटन गरेको होइन, पुनः वितरणमात्रै गरिएको हो : नेता सिंह
काठमाडौँ । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले सरकारले भूमिगत जलको दोहनलाई नियन्त्रण गर्न आवश्यक रहेको बताएका छन् ।
सोमवार सिंहदरबार परिसरमा मेलम्चीको खानेपानी पुनः वितरण शुरु गरिएको कार्यक्रमलाई सम्बोधन गर्दै उनले काठमाडौंको मात्रै नभइ देशभरकै पानीको समस्या समाधान गर्न आवश्यक रहेको बताए ।
उनले आफू उपत्यकावासी सम्पूर्णलाई सुलभ तरिकाले पानी उपलब्ध गराएको दिन पूरा खुशी हुने बताए । सिंहले मेलम्चीको पानी अहिले उद्घाटन गरेको नभइ पुनः वितरणमात्रै गरिएको स्पष्ट पारे ।
उनले भने, ‘मेलम्ची खानेपानी आयोजनाबाट हामी सबैले पाठ सिक्नुपर्छ । हामीले सुधार गर्नुपर्छ । योजना मात्रै ठूलो भएर हुँदैन, व्यवस्थापनमा हाम्रो ध्यान दिनुपर्छ र समयमा काम सम्पन्न गर्ने कार्यमा हामी लाग्नुपर्छ भन्ने पाठ सिकाएको छ । प्रधानमन्त्रीज्यु यो काठमाडौं उपत्यकाको मात्रै होइन, नेपालभरकै यो ग्राउण्ड वाटरको जुन एक्स्ट्रयाक्शन बढी भइरहेको छ, त्यसमा अब सरकारले विशेष ध्यान दिनुपर्छ । म पूरा खुशी उपत्यकावासीलाई सुलभ तरिकाले गर्न सकेको दिनमा हुनेछु । यो पुनः वितरण गर्ने कार्य हो, उद्घाटन होइन ।’
नेता सिंहले मेलम्ची खानेपानी आयोजनाबाट पाठ सिकेर सरकारले योजना मात्रै ठूलो बनाउने नभए त्यसको व्यवस्थापन र समयमै काम सक्ने कुरामा बढी जोड दिनुपर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण