शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

एमाले छाडेर माओवादीमै फर्किए राष्ट्रिय सभाका पूर्वसदस्य खड्का

सोमबार, ०१ माघ २०८०, १५ : ४२
सोमबार, ०१ माघ २०८०

बुटवल । नेकपा एमालेका पूर्व केन्द्रीय सदस्य एवम् राष्ट्रिय सभाका पूर्वसदस्य अर्घाखाँचीका चन्द्रबहादुर खड्का ‘उज्ज्वल’ नेकपा माओवादी केन्द्रमा फर्किएका छन् । प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले खड्कालाई अर्घाखाँचीमा पार्टीमा स्वागत गरेका हुन् ।

नेकपा एमालेका सांसद टोपबहादुर रायमाझी भुटानी शरणार्थी प्रकरणमा जेल परेपछि पूर्वराष्ट्रिय सभा सदस्यसमेत रहेका खड्का फेरि माओवादीमै फर्किएका हुन् । उनी माओवादी र एमाले बिच एकता टुटेपछि टोपबहादुरसँगै एमालेमै बसेका थिए । 

माओवादी केन्द्र अर्घाखाँचीका इन्चार्ज ठाकुर विकले आज खड्कासहित एमाले, काँग्रेस र विप्लव नेतृत्वका पार्टीबाट कार्यकर्ता माओवादीमा प्रवेश गरेको बताए । खड्का यसअघि माओवादी अर्घाखाँचीको इन्चार्जसमेत भएर काम गरेका थिए । उनले आफू फेरि मूल घरमा आएको प्रतिक्रिया दिएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप