यति ब्रुअरीको सेयर निष्कासन बिक्री प्रबन्धकमा एनआइएमबि एस क्यापिटल
मङ्गलबार, ०२ माघ २०८०, १५ : ४६
काठमाडौँ । यति ब्रुअरी लिमिटेडले बुक बिल्डिङ्ग विधि मार्फत साधारण सेयर निष्कासन गर्ने भएको छ । त्यसका लागि एनआइएमबि एस क्यापिटललाई धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरिएको छ ।
उक्त शेयर निष्कासन सम्बन्धी सम्झौता पत्रमा यति ब्रुअरी लिमिटेडका तर्फबाट प्रबन्ध सञ्चालक सञ्जीव सर्राफ र एनआइएमबि एस क्यापिटल लिमिटेडका तर्फबाट महाप्रबन्धक सचिन्द्र ढुङ्गानाले हस्ताक्षर गरेका छन् ।
उक्त सम्झौता अन्तर्गत एनआइएमबि एस क्यापिटल लिमिटेडले बुक बिल्डिङ्ग विधि मार्फत यति ब्रुअरी लिमिटेडको साधारण सेयरहरू सार्वजनिक निष्कासन तथा व्यवस्थापन सम्बन्धी सम्पूर्ण कार्यहरूमा धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकको सेवा प्रदान गर्ने जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण