आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

फ्रान्सका मन्त्रीविरुद्ध गम्भीर आरोप लगाउँदै मानहानि मुद्दा दायर गरे करिम बेन्जेमाले

बुधबार, ०३ माघ २०८०, १० : ३०
बुधबार, ०३ माघ २०८०

काठमाडौँ । चर्चित फ्रान्सेली फुटबलर करिम बेन्जेमाले आफ्नै राष्ट्रका आन्तरिक मामिलासम्बन्धी मन्त्रीविरुद्ध मानहानीको मुद्दा दायर गरेका छन् । बेन्जेमाले फ्रान्सका आन्तरिक मामिलासम्बन्धी मन्त्री जेराल्ड डर्मानिनको मुस्लिम ब्रदरहुडसँग सम्बन्ध रहेको गम्भीर आरोप पनि लगाएका छन् ।

आन्तरिक मामिलासम्बन्धी मन्त्री जेराल्डले गत अक्टोबरमा बेन्जेमाको सुन्नी मस्लिम ईस्लामीसँग गहिरो सम्बन्ध रहेको सार्वजनिक अभिव्यक्ति दिएका थिए । सोही विषयलाई लिएर आफ्नो मानहानि भएको दाबीसहित यी ३६ वर्षीय प्रभावशाली स्ट्राइकरले मन्त्री जेराल्डविरुद्ध मुद्दा दायर गरेका हुन् ।

बेन्जेमाका कानुन ब्यवसायीले पनि मन्त्रीको अभिव्यक्ति निराधार र अपमानजनक रहेको प्रतिक्रिया दिएका छन् । उनले मन्त्रीको अभिब्यक्तिबाट बेन्जेमाको मानहानि भएको दाबी गरेका छन् । मुस्लिम ब्रदरहुडलाई अधिकांश राष्ट्रले प्रतिबन्ध लगाएका छन् ।

इजिप्ट, रुस र साउदी अरेबियाले पनि मुस्लिम ब्रदरहुडमाथि प्रतिबन्ध लगाएका छन् । गत अक्टोबरमा बेन्जेमाले सामाजिक सञ्जाल एक्स (साविकको ट्विटर) मार्फत गाजाका नागरिकप्रति ऐक्यबद्धता जनाएपछि फ्रान्सका मन्त्री जेराल्ड उनीविरुद्ध खनिएका थिए ।

सन् २००७ देखि सन् २०२२ सम्म फ्रान्सको राष्ट्रिय टोलीबाट थुप्रै महत्त्वपूर्ण प्रतियोगिता खेलिसकेका बेन्जेमा हाल साउदी अरेबियन क्लब अल इत्तिहादमा आबद्ध छन् । उनलेअल इत्तिहादमा आबद्ध हुनुअघि सन् २००९ देखि सन् २०२३ सम्म स्पेनिस ‘पावर हाउस’ रियल म्याड्रिडबाट पनि ब्यवसायीक फुटबल खेलेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप