सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

विश्वको नम्बर १ स्मार्टफोन ब्रान्ड बन्यो एप्पल

बुधबार, ०३ माघ २०८०, १४ : ५३
बुधबार, ०३ माघ २०८०

क्यालिफोर्निया । दक्षिण कोरियाली स्मार्टफोन निर्माता कम्पनी सामसङलाई उछिनेर अमेरिकी आइफोन निर्माता कम्पनी एप्पल विश्वको नम्बर १ स्मार्टफोन ब्रान्ड बनेको छ । विश्वभर बजारमा स्मार्टफोन विक्रीको दौडमा एप्पलले सामसङलाई उछिनेको बजार अनुसन्धाता संस्था आईडीसीको रिपोर्टले देखाएको हो । विक्रीमा एप्पल सबैभन्दा अगाडि आएको यो सन् २०१० यता पहिलो पटक हो । एप्पलको प्रिमियम आइफोन मोडलको बढ्दो लोकप्रियताका कारण कम्पनी मार्केट लिडर बनेको बताइएको छ ।

सन् २०२३ मा विश्व बजारमा स्मार्टफोन विक्री भने घटेको छ । । अघिल्लो वर्षको तुलनामा सन् २०२३ मा विक्री ३ दशमलव ३ प्रतिशतले घटेको थियो । यो वर्ष बजारमा सुधार आउने आशा गरिएको छ । विक्री हिस्साका आधारमा तेस्रो स्थानमा चिनियाँ कम्पनी साओमी छ । चौथोमा ओप्पो र पाँचौँ स्थानमा ट्रान्शन होल्डिङ्स छ । सूक्ष्म आर्थिक परिदृश्यमा आएको परिवर्तनका कारण स्मार्टफोनको विक्री घटिरहेको आईडीसीले बताएको छ ।

रिपोर्टका अनुसार गएको वर्षको कूल विक्रीमा एप्पलको अनुपात २० दशमलव १ प्रतिशत छ । कम्पनीले वर्षभरिमा २ करोड ३४ लाख ६० हजार थान आइफोन बेचेको छ । दक्षिण कोरियाली ब्रान्ड सामसङको पोल्टामा १९ दशमलव ४ प्रतिशत मात्रै बजार हिस्सा थियो । समीक्षा अवधिमा कम्पनीले २ करोड २६ लाख ६० हजार थान स्मार्टफोन बेचेको छ । साओमीले १ करोड ४५ लाख ९० हजार थान स्मार्टफोन बेचेर बजारको १२ दशमलव ५ प्रतिशत हिस्सा आफ्नो मुठ्ठीमा पारेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप