सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

यति ब्रुअरी लिमिटेडले साधारण शेयर निष्कासन गर्दै

बुधबार, ०३ माघ २०८०, १६ : ०४
बुधबार, ०३ माघ २०८०

काठमाडौँ । यति ब्रुअरी लिमिटेडले बुक बिल्डिङ विधि मार्फत साधारण शेयर निष्कासन गर्नको लागि एनआइएमबि एस क्यापिटल लिमिटेड, लाजिम्पाट, काठमाडौँलाई धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । 

उक्त शेयर निष्कासन सम्बन्धी सम्झौता पत्रमा यति ब्रुअरी लिमिटेडका तर्फबाट प्रबन्ध सञ्चालक सञ्जीव सर्राफ र एनआइएमबि एस क्यापिटल लिमिटेडका तर्फबाट महाप्रबन्धक सचिन्द्र ढुङ्गानाले हस्ताक्षर गरेका हुन् । अटल कम्प्लेक्स उत्तरढोका, लाजिम्पाट, काठमाडौँमा रजिस्टर्ड कार्यालय रहेको यति ब्रुअरी लिमिटेडको ब्रुअरी फ्याक्ट्री खैरहनी नगरपालिका वडा नं. ४ चितवन जिल्लामा अवस्थित छ । यति ब्रुअरी लिमिटेडले हाल अर्ना, यति, वाईबी, शिखरलगायत किंगफिसरजस्ता चर्चित ब्राण्डका बियर बोतल तथा क्यानमा उत्पादन गरी बिक्री वितरण गर्दै आएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप