लगानी सम्मेलनका लागि ५६ परियोजनाको प्रारम्भिक सूची तयार, कुन जिल्लामा कस्तो परियोजना ?

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले लगानी तथा विकास सम्मेलनको तयारीलाई तीव्रता दिएको छ । सम्मेलन फागुन २३ र २४ गते धनगढीमा हुने तय भएको छ ।
मुख्यमन्त्री कमल बहादुर शाह संयोजक रहेको सम्मेलन मूल आयोजक समितिले लगानीकर्तासहितको निकाय, परामर्शदाता तथा विज्ञसँग छलफल अगाडि बढाएको छ । यस क्रममा समितिले लगानी सम्मेलनमा पेस हुने प्रारम्भिक परियोजना सूचीहरू तयार पारेको छ । सम्मेलन कार्यकारी समितिका सदस्य नृप सुनारले प्रदेशभरि सम्भावित परियोजनाहरू पहिचान भइरहेको बताउँदै समितिले हालसम्म ५६ वटा परियोजना पहिचान गरी प्रारम्भिक सूची तयार पारेको जानकारी दिए ।
जसमा ऊर्जा, कृषि, पर्यटन, यातायात, सूचना तथा प्रविधि, उद्योग, भौतिक पूर्वाधार, खानीलगायत क्षेत्रका परियोजना र स्थान पहिचान गरिएको छ ।
उद्योग व्यवसायी, बैङ्किङ क्षेत्रलगायतबाट अझै सम्भावित परियोजना माग गरेको बताउँदै कार्यकारी समिति सदस्य सुनारले सूचीमा अझै थपघट हुने बताए ।
केही दिनमा ती परियोजनाका प्राविधिक पक्षबारे विज्ञहरूले गृहकार्य थाल्ने बताउँदै उनले जसबाट परियोजनाहरूको लागत, प्रतिफलको अवस्था, लगानीकर्तालाई सरकारबाट प्राप्त हुने सहुलियतलगायत विषयमा छलफल भई ठोस निष्कर्षमा पुगिने जानकारी दिए ।
कुन जिल्लामा कस्तो परियोजना ?
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘३४० वटा कर्जा माछा, दुध र बाख्रामा रहेछन्, अर्को गुगल र च्याट जीपीटी आउँछ जस्तो हल्ला गरियो’
-
नीति तथा कार्यक्रममा प्रह्लाद बुढाथोकीको ७ बुँदे असहमति
-
ग्लोबल आइएमई बैंकद्वारा कार्डमा आधारित ग्लोबल पेमेन्ट गेटवे सेवा सुरु
-
सरकारले नीति तथा कार्यक्रममा प्याराडाइम सिफ्ट गरेको छ : सांसद भट्टराई
-
ज्योति विकास बैंक ‘नेपालपे कार्ड’मा आवद्ध
-
जारी छ राजधानीका मुख्य खोलाहरूको सरसफाइ, तस्बिरहरू