लगानी सम्मेलनका लागि ५६ परियोजनाको प्रारम्भिक सूची तयार, कुन जिल्लामा कस्तो परियोजना ?
धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले लगानी तथा विकास सम्मेलनको तयारीलाई तीव्रता दिएको छ । सम्मेलन फागुन २३ र २४ गते धनगढीमा हुने तय भएको छ ।
मुख्यमन्त्री कमल बहादुर शाह संयोजक रहेको सम्मेलन मूल आयोजक समितिले लगानीकर्तासहितको निकाय, परामर्शदाता तथा विज्ञसँग छलफल अगाडि बढाएको छ । यस क्रममा समितिले लगानी सम्मेलनमा पेस हुने प्रारम्भिक परियोजना सूचीहरू तयार पारेको छ । सम्मेलन कार्यकारी समितिका सदस्य नृप सुनारले प्रदेशभरि सम्भावित परियोजनाहरू पहिचान भइरहेको बताउँदै समितिले हालसम्म ५६ वटा परियोजना पहिचान गरी प्रारम्भिक सूची तयार पारेको जानकारी दिए ।
जसमा ऊर्जा, कृषि, पर्यटन, यातायात, सूचना तथा प्रविधि, उद्योग, भौतिक पूर्वाधार, खानीलगायत क्षेत्रका परियोजना र स्थान पहिचान गरिएको छ ।
उद्योग व्यवसायी, बैङ्किङ क्षेत्रलगायतबाट अझै सम्भावित परियोजना माग गरेको बताउँदै कार्यकारी समिति सदस्य सुनारले सूचीमा अझै थपघट हुने बताए ।
केही दिनमा ती परियोजनाका प्राविधिक पक्षबारे विज्ञहरूले गृहकार्य थाल्ने बताउँदै उनले जसबाट परियोजनाहरूको लागत, प्रतिफलको अवस्था, लगानीकर्तालाई सरकारबाट प्राप्त हुने सहुलियतलगायत विषयमा छलफल भई ठोस निष्कर्षमा पुगिने जानकारी दिए ।
कुन जिल्लामा कस्तो परियोजना ?
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण