समाचार
कैलालीको गोदावरी नगरपालिकाको भवन दोस्रोपटक उद्घाटन, एमालेको विरोध
बिहीबार, ०४ माघ २०८०, १३ : ५२

धनगढी । कैलालीको गोदावरी नगरपालिकाको प्रशासकीय भवन दोस्रोपटक उद्घाटन भएको छ । नगरप्रमुख वीरेन्द्र भट्टले बिहीबार एक कार्यक्रमकाबिच भवन उद्घाटन गरेका हुन् ।
दोस्रोपटक भवन उद्घाटन गरिएको भन्दै नेकपा एमालेले विरोधसँगै नगरपालिका घेराउ गरेको छ । एमालेबाट निर्वाचित तत्कालीन नगरप्रमुख हरिसिंह साउदले सो भवनको २०७८ चैत्र १४ गते उद्घाटन गरेका थिए ।
दोस्रोपटक भवनको उद्घाटन गर्न नहुने भन्दै एमालेले बिहानैदेखि नगरपालिका घेराउ गर्दै नाराबाजी गरेको हो । कांग्रेसबाट जितेका नगरप्रमुख भट्ट उद्घाटनको तयारी गरेपछि तनाव सिर्जना भएको हो ।
एसियाली विकास बैंकको ऋण सहयोगमा नेपाल सरकारको क्षेत्रीय शहरी विकास आयोजना मार्फत भवन निर्माण भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिड्नीमा ‘नेपाली बहुसांस्कृतिक केन्द्र’ निर्माणका लागि आध्यात्मिक महोत्सवको घोषणा
-
शास्त्रीको पार्थिव शरीर बुधबार बिहान २ घण्टा कांग्रेस केन्द्रीय कार्यालयमा राखिने
-
अर्थमन्त्रीले जवाफ दिँदै गर्दा नाराबाजी गरेकोप्रति सांसद थिङको आपत्ति
-
अर्थमन्त्री जवाफ दिन अघि बढेपछि जर्याकजुरुक उठे रास्वपाका सांसद, अनि सुरु भयो नाराबाजी (तस्बिरहरू)
-
युवालाई स्वदेशमै रोजगारीका अवसर सिर्जना गरिनुपर्छ : सांसद खतिवडा
-
बाढीले क्षति पुगेका आयोजनाहरू बजेटमा समावेश भएनन् : सांसद जबरा