समाचार
कैलालीको गोदावरी नगरपालिकाको भवन दोस्रोपटक उद्घाटन, एमालेको विरोध
बिहीबार, ०४ माघ २०८०, १३ : ५२
धनगढी । कैलालीको गोदावरी नगरपालिकाको प्रशासकीय भवन दोस्रोपटक उद्घाटन भएको छ । नगरप्रमुख वीरेन्द्र भट्टले बिहीबार एक कार्यक्रमकाबिच भवन उद्घाटन गरेका हुन् ।
दोस्रोपटक भवन उद्घाटन गरिएको भन्दै नेकपा एमालेले विरोधसँगै नगरपालिका घेराउ गरेको छ । एमालेबाट निर्वाचित तत्कालीन नगरप्रमुख हरिसिंह साउदले सो भवनको २०७८ चैत्र १४ गते उद्घाटन गरेका थिए ।
दोस्रोपटक भवनको उद्घाटन गर्न नहुने भन्दै एमालेले बिहानैदेखि नगरपालिका घेराउ गर्दै नाराबाजी गरेको हो । कांग्रेसबाट जितेका नगरप्रमुख भट्ट उद्घाटनको तयारी गरेपछि तनाव सिर्जना भएको हो ।
एसियाली विकास बैंकको ऋण सहयोगमा नेपाल सरकारको क्षेत्रीय शहरी विकास आयोजना मार्फत भवन निर्माण भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
-
अमेरिकाले फेर्यो विद्यार्थी भिसाको नियम : सेप्टेम्बर १५ देखि लागू हुने
-
ओली र प्रचण्डबिच भेटवार्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण