मेटाको सञ्चालक समितिबाट शेर्ल स्यान्डबर्गले दिइन् राजीनामा
क्यालिफोर्निया । सामाजिक सञ्जाल कम्पनी फेसबुकको माउ कम्पनी मेटाको पूर्व प्रमुख सञ्चालन अधिकारी (सीओओ) शेर्ल स्यान्डबर्गले कम्पनीको सञ्चालक समिति छाड्दै छिन् । प्रविधि उद्योगको हाई–प्रोफाइल महिलाहरूमध्येमा पर्छिन् स्यान्डबर्ग । मेटाको सञ्चालक समितिलाई छाड्ने यो नै उपयुक्त समय भएको स्यान्डबर्गले बुधवार एउटा पोस्टमा भनेकी छिन् । बाहिरिन लागेको भएपनि उनी कम्पनीको अनौपचारिक सल्लाहकार चाँहि रहिरहनेछिन् ।
कम्पनीमा असाधारण योगदानका लागि कम्पनीका प्रमुख कार्यकारी अधिकारी (सीईओ) मार्क जुकरबर्गले उनलाई धन्यवाद भनेका छन् । फेसबुक सानो स्टार्ट अप कम्पनी हुँदा उनी कम्पनीमा आएकी थिइन् । उनी गूगलकी भेट्रान थिइन् । फेसबुकको विज्ञापन व्यवसायलाई मुनाफाको पावर हाउस बनाउन उनको ठुलो योगदान छ । सन् २०१६ मा अमेरिकामा राष्ट्रपतिको निर्वाचनमा गलत सूचनाको बाढी, सन् २०१८ को क्याम्ब्रिज एनालिटिकाको गोपनीयता उल्लङ्घन काण्ड र सन् २०२१ मा क्यापिटल हिलको दंगा आदिका कारण कम्पनीले स्यान्डबर्गको पालामा निकै आलोचना पनि खेप्नु परेको थियो ।
स्यान्डबर्ग १४ वर्षसम्म कम्पनीको सीओओको रुपमा रहेकी थिइन् । कम्पनीको सञ्चालक समितिमा उनी १२ वर्षदेखि छिन् । विश्वभर कयौँ देशहरूले सामाजिक सञ्जाल नियमन कसिलो बनाइरहेका छन् । एप्पलले पनि आफ्नो गोपनीयता सम्बन्धी नियम परिवर्तन गर्दा कम्पनीको टार्गेटेड एड बिजनेस प्रभावित भइरहेको छ । अमेरिका जस्ता मुख्य बजारमा फेसबुकको प्रयोगकर्ता सङ्ख्या बढ्ने क्रम रोकिएको छ । यस्तोमा फेसबुकको भविष्य कस्तो होला भन्ने प्रश्न उठिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तत्कालीन उपाध्यक्ष र प्रशासकीय अधिकृतसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा
-
गुठी संस्थानको प्रशासकमा शैलेन्द्र कुँवर नियुक्त
-
‘संस्थापन इतरका नेता-कार्यकर्ता ‘लास र दास’ होइनन्, कांग्रेसका असली भरोसा हुन्’
-
दुई विमानस्थलमा ५० प्रतिशत छुट दिने सरकारको निर्णय
-
मन्त्रिपरिषद् बैठकका ६ निर्णय सार्वजनिक
-
नयाँ पार्टी निर्माणको प्रक्रियामा लाग्नुपर्छ : मोहनबहादुर बस्नेत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण