सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

मेटाको सञ्चालक समितिबाट शेर्ल स्यान्डबर्गले दिइन् राजीनामा

बिहीबार, ०४ माघ २०८०, १३ : ५९
बिहीबार, ०४ माघ २०८०

क्यालिफोर्निया । सामाजिक सञ्जाल कम्पनी फेसबुकको माउ कम्पनी मेटाको पूर्व प्रमुख सञ्चालन अधिकारी (सीओओ) शेर्ल स्यान्डबर्गले कम्पनीको सञ्चालक समिति छाड्दै छिन् । प्रविधि उद्योगको हाई–प्रोफाइल महिलाहरूमध्येमा पर्छिन् स्यान्डबर्ग । मेटाको सञ्चालक समितिलाई छाड्ने यो नै उपयुक्त समय भएको स्यान्डबर्गले बुधवार एउटा पोस्टमा भनेकी छिन् । बाहिरिन लागेको भएपनि उनी कम्पनीको अनौपचारिक सल्लाहकार चाँहि रहिरहनेछिन् ।

कम्पनीमा असाधारण योगदानका लागि कम्पनीका प्रमुख कार्यकारी अधिकारी (सीईओ) मार्क जुकरबर्गले उनलाई धन्यवाद भनेका छन् । फेसबुक सानो स्टार्ट अप कम्पनी हुँदा उनी कम्पनीमा आएकी थिइन् । उनी गूगलकी भेट्रान थिइन् । फेसबुकको विज्ञापन व्यवसायलाई मुनाफाको पावर हाउस बनाउन उनको ठुलो योगदान छ । सन् २०१६ मा अमेरिकामा राष्ट्रपतिको निर्वाचनमा गलत सूचनाको बाढी, सन् २०१८ को क्याम्ब्रिज एनालिटिकाको गोपनीयता उल्लङ्घन काण्ड र सन् २०२१ मा क्यापिटल हिलको दंगा आदिका कारण कम्पनीले स्यान्डबर्गको पालामा निकै आलोचना पनि खेप्नु परेको थियो ।

स्यान्डबर्ग १४ वर्षसम्म कम्पनीको सीओओको रुपमा रहेकी थिइन् । कम्पनीको सञ्चालक समितिमा उनी १२ वर्षदेखि छिन् । विश्वभर कयौँ देशहरूले सामाजिक सञ्जाल नियमन कसिलो बनाइरहेका छन् । एप्पलले पनि आफ्नो गोपनीयता सम्बन्धी नियम परिवर्तन गर्दा कम्पनीको टार्गेटेड एड बिजनेस प्रभावित भइरहेको छ । अमेरिका जस्ता मुख्य बजारमा फेसबुकको प्रयोगकर्ता सङ्ख्या बढ्ने क्रम रोकिएको छ । यस्तोमा फेसबुकको भविष्य कस्तो होला भन्ने प्रश्न उठिरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप