कोपा डेल रेमा बार्सिलोना क्वाटरफाइनल प्रवेश
शुक्रबार, ०५ माघ २०८०, ०८ : ५०
काठमाडौं । बार्सिलोना कोपा डेल रेको क्वाटरफाइनलमा प्रवेश गरेको छ । बिहीबार राति तेस्रो डिभिजनको टोली युनियनिस्टाज सालामाङ्काविरुद्ध ३–१ गोलको पुनरागमन जित निकाल्दै बार्सिलोना क्वाटरफाइनलमा प्रवेश गरेको हो ।
खेलको ३१ औँ मिनेटमा युनियनिस्टाजका अल्भारो गोमेजले गोल गर्दै अग्रता दिलएका थिए । १ गोलले पछि परेको बार्सिलोनाले ४५ औँ मिनेटमा बारबारी गोल गरेको थियो । बार्सिलोनाका लागि फेरान टोरेसले जोआओ फेलिक्सको पासमा गोल गर्दै पहिलो हाफ एक एकको बराबरीमा टुङ्ग्याए ।
६९ औँ मिनेटमा जुल्स कुन्डेले शानदार गोल गर्दै बार्सिलोनलाई २–१ ले अघि बढाउँदा ७३ औँ मिनेटमा अलेहान्द्रो बाल्डेले गोल गर्दै बार्सिलोनालाई कोपा डेल रेको अन्तिम ८ मा प्रवेश पक्का गराए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण