पुम्से दोस्रो श्रेणीको रेफ्रीमा खड्काको पदोन्नति
काठमाडौँ । तेक्वान्दोका अन्तर्राष्ट्रिय रेफ्री अशोक खड्का पुम्से विधातर्फ दोस्रो श्रेणीको रेफ्रीमा पदोन्नति भएका छन् । वर्ल्ड तेक्वान्दो (डब्लूटी) को रेफ्री कमिटीले अशोकलाई बिहीबार दोस्रो श्रेणीको प्रमाणपत्र प्रदान गरेको हो ।
तेस्रो श्रेणीबाट दोस्रोमा पदोन्नति हुन करिब पाँच वर्ष लागेको अशोकले बताए । तेक्वान्दोको ¥याङ्किङ प्रतियोगिता र रिफ्रेसर कोर्समा सहभागिता जनाई प्राप्त गरेको अंकका आधारमा अशोक एक तह माथि उक्लन सफल भएका हुन् ।
तेस्रोबाट दोस्रो श्रेणीमा उक्लन कम्तीमा आठ अंक आवश्यक पर्छ । उनले करिब पाँच वर्षको अवधिमा १० पुम्से प्रतियोगिता र एक रिफ्रेसर कोर्समा सहभागिता जनाएको जानकारी दिए । यसअघि अशोकले सन् २०२१ मा ग्यारोगी विधामा पनि दोस्रो श्रेणीको रेफ्रीको मान्यता पाएका थिए ।
दुई वर्षअघि युवा तथा खेलकुद मन्त्रालयले अशोकलाई राष्ट्रिय खेलकुद प्रतिभा सम्मानअन्तर्गत उत्कृष्ट निर्णायकबाट सम्मान पनि गरेको थियो । अशोक ग्योरोगी, पुम्से र पारा तेक्वान्दो गरी तीनै विधाका अन्तर्राष्ट्रिय निर्णायक हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण