धर्म टाटा मुम्बई म्याराथनमा
शुक्रबार, ०५ माघ २०८०, १० : २६
काठमाडौँ । भेट्रान धावक धर्म महर्जनले टाटा मुम्बई म्याराथनमा सहभागिता जनाउने भएका छन् । जनवरी २१ तारिखमा हुने उक्त म्याराथन (४२.१९५ किलोमिटर दूरी) मा धर्मले ५० वर्षमाथिको उमेर समूहमा प्रतिस्पर्धा गर्नेछन् ।
धर्मले यसअघि पनि विश्वका प्रसिद्ध बोस्टन, बर्लिन, लन्डन र टोकियो म्यारथानमा सहभागिता जनाइसकेका छन् । यसबाहेक धर्मले विभिन्न दूरीको अन्तर्राष्ट्रिय दौडमा पनि सहभागिता जनाइसकेका छन् ।
धर्म जापानको किताकामीमा सन् २०१४ मा आयोजना भएको १८औँ एसियाली मास्टर्स एथलेटिक्सको १० हजार मिटर दौडका कांस्य विजेता हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
-
अमेरिकाले फेर्यो विद्यार्थी भिसाको नियम : सेप्टेम्बर १५ देखि लागू हुने
-
ओली र प्रचण्डबिच भेटवार्ता
-
तरकारी बेच्न नदिएको भन्दै कीर्तिपुरमा पनि आत्मदाह प्रयास
-
जलस्रोत र ऊर्जा विधेयकमा प्रदेश र स्थानीय तहले खाजे स्रोतमाथिको स्वामित्व
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण