सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय
उपचार खर्च

उपचारका लागि सांसदले लिए ५ सयदेखि १० लाख रुपैयाँसम्म खर्च (विवरणसहित)

शुक्रबार, ०५ माघ २०८०, १५ : १६
शुक्रबार, ०५ माघ २०८०

काठमाडौँ । प्रतिनिधिसभाको एक वर्षको अवधिमा सांसदहरुले २४ लाख ९० हजार ६०७ रुपैयाँ उपचार खर्च लिएका छन् । अघिल्लो वर्षको पुसदेखि यो वर्षको पुससम्म ४२ जना सांसदले संघीय संसद सचिवालयबाट सो परिमाणको उपचार खर्च बुझेका हुन् । केही सांसदले ५ पटकसम्म उपचार खर्च बुझेका छन् ।

यसरी उपचार खर्च लिनेमा सबैभन्दा धेरै विना कुमारी थनैतले ९ लाख ९९ हजार ४८७ रुपैयाँ लिएकी छन् । सबैभन्दा धेरै पटक अस्मा कुमारी चौधरीले ५ पटक गरेर ५६ हजार ८६२ रुपैयाँ उपचार खर्च लिएकी छन् । यस्तै अर्का सांसद रणेन्द्र बरालीले ४ पटक उपचार खर्च लिएका छन् । उनले २९ हजार ५१६ रुपैयाँ लिएका छन् ।

सांसद उर्मिला थेवेले ३ पटक गरी ३२ हजार ५५५ रुपैयाँ, रुक्मिणी राना बराइलीदले दुई पटक गरी ४२ हजार ५५५ रुपैयाँ उपचार खर्च लिएकी छिन् । सांसद अम्बर बहादुर थापाले २ पटक गरी ५१ हजार ९ सय रुपैयाँ उपचार खर्च लिएका छन् ।

सांसद रणकुमारी बलम्पाकी मगरले २ पटक गरी १४ हजार ९७४ रुपैयाँ लिएकी छन् । मञ्जु शर्मा अन्सारीले २ पटक गरी १८ हजार १४९ रुपैयाँ उपचार खर्च लिएकी छन् ।

उपचार खर्च लिनेमा रास्वपा सांसद असिम शाहदेखि जनमोर्चा सांसद चित्रबहादुर केसीसम्म 

प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने अधिकांश राजनीतिक दलका सांसदले उपचार खर्च बुझेका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका असिम शाहले ४ हजार ९४२ रुपैयाँ उपचार खर्च लिएका छन् । नेकपा एमालेका संसदीय दलका सचेतक महेश कुमार बर्तौलाले ८ हजार २४५ रुपैयाँ उपचार खर्च लिएका छन् ।

नेपाली कांग्रेसकी सांसद चन्दा चौधरीले ३४ हजार ८ सय ९२ रुपैयाँ उपचार खर्च लिएकी छन् भने सांसद रेखा यादवले २ हजार १०५ रुपैयाँ लिएकी छन् ।

माओवादी केन्द्रका सांसद सूर्यमान तामाङ दोङले ३९ हजार १४५ रुपैैयाँ, नेपाली कांग्रेसका सांसद मनोरमा शेरचनले ३ लाख ४८ हजार २०५ रुपैयाँ उपचार खर्च लिएकी छन् ।

राष्ट्रिय जनमोर्चाका सांसद चित्रबहादुर केसीले ४ हजार १८० रुपैयाँ, राप्रपा सांसद रोशन कार्कीले ३० हजार १४७ रुपैयाँ, एकीकृत समाजवादीका सांसद भानुभक्त जोशीले २६ हजार ११४ रुपैयाँ, नेकपा एमालेकी सांसद सम्झना थपलियाले २९ हजार ८९९ रुपैयाँ उपचार खर्च लिएकी छन् । 

यस्तो छ सांसदहरुले लिएको उपचार खर्च विवरण :

123

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शम्भु दंगाल
शम्भु दंगाल

शम्भु दंगाल संसदीय मामिला, पुनर्निर्माण र समसामायिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप