शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

बेलायतको कार्यक्रममा बोर्डको सहभागिता रोक्न माग गर्दै प्रवक्ताले दिए मन्त्रालयमा उजुरी

शुक्रबार, ०५ माघ २०८०, १९ : ०८
शुक्रबार, ०५ माघ २०८०

काठमाडौँ । बेलायतमा आयोजना हुन लागेको एक कार्यक्रममा अध्यक्ष भुवन केसी र चलचित्र विकास बोर्डको सहभागितालाई रोक्न माग गर्दै प्रवक्ता तथा सदस्य केएल बुढाथोकीले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा उजुरी दिएका छन् ।

बुढाथोकीले शुक्रबार मन्त्रालयमा दिएको उजुरीमा कार्यक्रमको आयोजक संस्था इन्टरनेसनल डेल्फिक काउन्सिल नेपालको आर्थिक पारदर्शिता र उद्देश्यमाथि प्रश्न उठाएका हुन् ।  

बुढाथोकीले पत्रमा लेखेका छन्, ‘कार्यक्रमको विश्वसनीयता र गरिमा बढाउन चलचित्र विकास बोर्डको सहभागिताको प्रचार व्यापक गरिएको छ । यो एक प्रकारको बोर्डको दुरुपयोग हो ।’

cc1

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप