बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

अब सेवाग्राहीहरुले व्यापार भिसाको लागि अध्यागमन विभाग धाइरहनु नपर्ने

शुक्रबार, ०५ माघ २०८०, १९ : ४९
शुक्रबार, ०५ माघ २०८०

काठमाडौँ ।  सेवाग्राहीहरुले व्यापार भिसाको लागि अब विभाग धाइरहनु नपर्ने भएको छ । उद्योग विभागअन्तर्गतको एकल विन्दु सेवा केन्द्रबाट नै व्यापार भिसा जारी हुन थालेको हो । 

अध्यागमन विभागका महानिर्देशक रुद्र सिंह तामाङले अध्यागमन विभाग र अन्तरगतका कार्यालयहरुलाई पूर्णरुपमा स्वचालन प्रणालीमा लैजाने प्रयोग सफल भएको जानकारी दिए ।  

उनले अर्को हप्ता कन्सुलर सेवा विभागलाई पनि जोड्ने जानकारी दिए । यसले कूटनैतिक नियोगमा कार्यरत कर्मचारीहरुलाई पनि अध्यागमन विभाग धाउनु पर्ने बाध्यताको अन्त्य हुने उनको भनाइ छ । 

महानिर्देशक तामाङले स्वचालन प्रणालीमा सबै अध्यागमन कार्यालयहरुलाई जोड्दै जाने पनि जानकारी दिए । यसले सिमानाकामा रहेका अध्यागमन कार्यालयहरुले सहज र सरल ढङ्गबाट सेवा प्रवाह गर्न सक्षम हुने उनको विश्वास छ । 

महानिर्देशक तामाङले यही माघ ७ गतेदेखि अनलाइन भुक्तानीको पनि सुरुवात हुने जानकारी दिए । यो प्रयोग सफल भए नेपालमा अनलाइन ई–भिसाको सुरुवात हुने उनले बताए ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप