अब सेवाग्राहीहरुले व्यापार भिसाको लागि अध्यागमन विभाग धाइरहनु नपर्ने
काठमाडौँ । सेवाग्राहीहरुले व्यापार भिसाको लागि अब विभाग धाइरहनु नपर्ने भएको छ । उद्योग विभागअन्तर्गतको एकल विन्दु सेवा केन्द्रबाट नै व्यापार भिसा जारी हुन थालेको हो ।
अध्यागमन विभागका महानिर्देशक रुद्र सिंह तामाङले अध्यागमन विभाग र अन्तरगतका कार्यालयहरुलाई पूर्णरुपमा स्वचालन प्रणालीमा लैजाने प्रयोग सफल भएको जानकारी दिए ।
उनले अर्को हप्ता कन्सुलर सेवा विभागलाई पनि जोड्ने जानकारी दिए । यसले कूटनैतिक नियोगमा कार्यरत कर्मचारीहरुलाई पनि अध्यागमन विभाग धाउनु पर्ने बाध्यताको अन्त्य हुने उनको भनाइ छ ।
महानिर्देशक तामाङले स्वचालन प्रणालीमा सबै अध्यागमन कार्यालयहरुलाई जोड्दै जाने पनि जानकारी दिए । यसले सिमानाकामा रहेका अध्यागमन कार्यालयहरुले सहज र सरल ढङ्गबाट सेवा प्रवाह गर्न सक्षम हुने उनको विश्वास छ ।
महानिर्देशक तामाङले यही माघ ७ गतेदेखि अनलाइन भुक्तानीको पनि सुरुवात हुने जानकारी दिए । यो प्रयोग सफल भए नेपालमा अनलाइन ई–भिसाको सुरुवात हुने उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण