आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

अर्थतन्त्र लयमा फर्किन थाल्यो  : अर्थमन्त्री महत

शनिबार, ०६ माघ २०८०, १७ : ०२
शनिबार, ०६ माघ २०८०

काठमाडौँ । अर्थमन्त्री डा.प्रकाशशरण महतले नेपालको अर्थतन्त्र लयमा फर्किन सुरु गरेको बताएका छन् । शनिवार नुवाकोटमा आयोजित एक कार्यक्रममा सम्बोधन गर्दै अर्थमन्त्री डा. महतले अर्थतन्त्र बिस्तारै लयमा फर्किएको बताएका हुन् ।

‘बिस्तारै अर्थतन्त्र लयमा फर्किँदै छ,’ उनले थपे, ‘जग्गा कारोबार चलायमान भएको छ, नेप्से परिसूचक उकालो लागेको छ । धेरै वर्षपछि उच्च सङ्ख्यामा पर्यटक भित्रिएका छन् ।’ 

बाहिरबाट सिस्टममा प्रशस्त पुँजी प्रवाह भएको उल्लेख गर्दै उनले आत्मविश्वास पनि विकसित हुँदै गएको बताए । यी विविध कारणले आर्थिक वृद्धि पहिलेको तुलनामा बढ्ने बताउँदै त्यसका लागि लगानीको नयाँ क्षेत्र पहिचान गर्नुपर्ने बताए । देशको अर्थतन्त्रको स्थितिमाथि देखिएको अन्योल समाप्त हुँदै गएको समेत अर्थमन्त्री महतको भनाइ छ ।

‘मैले अर्थ मन्त्रालयको जिम्मेवारी लिँदा समस्याको पहाड थियो, बजेट व्यवस्थापनमा पनि धेरै खालका बेथिति थिए,’ उनले भने, ‘त्यसलाई अर्डरमा ल्याउने चुनौती मेरो सामु थियो । बानी परिसकेपछि त्यसलाई छोडेर अर्को बाटो तय गर्नु एकदमै कठिन काम हुँदो रहेछ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप