अर्थतन्त्र लयमा फर्किन थाल्यो : अर्थमन्त्री महत
काठमाडौँ । अर्थमन्त्री डा.प्रकाशशरण महतले नेपालको अर्थतन्त्र लयमा फर्किन सुरु गरेको बताएका छन् । शनिवार नुवाकोटमा आयोजित एक कार्यक्रममा सम्बोधन गर्दै अर्थमन्त्री डा. महतले अर्थतन्त्र बिस्तारै लयमा फर्किएको बताएका हुन् ।
‘बिस्तारै अर्थतन्त्र लयमा फर्किँदै छ,’ उनले थपे, ‘जग्गा कारोबार चलायमान भएको छ, नेप्से परिसूचक उकालो लागेको छ । धेरै वर्षपछि उच्च सङ्ख्यामा पर्यटक भित्रिएका छन् ।’
बाहिरबाट सिस्टममा प्रशस्त पुँजी प्रवाह भएको उल्लेख गर्दै उनले आत्मविश्वास पनि विकसित हुँदै गएको बताए । यी विविध कारणले आर्थिक वृद्धि पहिलेको तुलनामा बढ्ने बताउँदै त्यसका लागि लगानीको नयाँ क्षेत्र पहिचान गर्नुपर्ने बताए । देशको अर्थतन्त्रको स्थितिमाथि देखिएको अन्योल समाप्त हुँदै गएको समेत अर्थमन्त्री महतको भनाइ छ ।
‘मैले अर्थ मन्त्रालयको जिम्मेवारी लिँदा समस्याको पहाड थियो, बजेट व्यवस्थापनमा पनि धेरै खालका बेथिति थिए,’ उनले भने, ‘त्यसलाई अर्डरमा ल्याउने चुनौती मेरो सामु थियो । बानी परिसकेपछि त्यसलाई छोडेर अर्को बाटो तय गर्नु एकदमै कठिन काम हुँदो रहेछ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हिमालय एअरलाइन्सद्वारा शेन्जेन–काठमाडौँ सिधा उडान सुरु, एकै दिन आए १७५ चिनियाँ पर्यटक (तस्बिरहरू)
-
आज पनि घट्यो सुनचाँदीको मूल्य
-
विद्युत् नियमन आयोगको अध्यक्षमा १० जनाको दरखास्त, सदस्यमा २२ जना
-
प्रधानमन्त्रीको राजीनामा माग्दै नेविसंघको प्रदर्शन
-
पूर्वमन्त्री अर्याल भन्छन्, ‘लोकतन्त्रमा पदसोपान होइन, कार्यक्षमता र सिर्जनशीलता महत्त्वपूर्ण हुन्छ’
-
जेलेन्स्कीले गरे पुटिनलाई प्रत्यक्ष वार्ताको प्रस्ताव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण