टाइगर कप भलिबल : ठगुन्ना र फकर सर्वोत्कृष्ट खेलाडी
पोखरा । पोखरामा भएको चौथो टाइगर कप भलिबल प्रतियोगितामा एपिएफकी निरुता ठगुन्ना र हेल्प नेपालका फकर उद्धिन सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन् । महिलातर्फ ठगुन्ना र पुरुषतर्फ फरक उत्कृष्ट घोषित भएका हुन् ।
दुवै टिमले टाइगर कप जितेका छन् । फकर पाकिस्तानी खेलाडी हुन् । उनीहरुले ट्रफीसहित जनही २५ हजार ५ सय ५५ नगद पाएका छन् ।
महिला तर्फको उत्कृष्ट स्पाइकरमा एपिएफकी सरस्वती चौधरी, उत्कृष्ट सेटर एपिएफकी जस्मिता महतो, उत्कृष्ट सर्भरमा न्यु डायमन्डकी बाल्मिका आचार्य, उत्कृष्ट ब्लकरमा आर्मीकी सुनिता खड्का र उत्कृष्ट डिफेन्डरमा न्यु डायमन्डकी सलिना श्रेष्ठ घोषित भए ।
पुरुषतर्फ उत्कृष्ट स्पाइकरमा हेल्प नेपालका मजहर अली, उत्कृष्ट सटर मोहम्मद काशिफ, उत्कृष्ट सर्भर गण्डकीका हिमाल सुनारी, उत्कृष्ट ब्लकरमा गण्डकीकै रामास्वामी आङ्गामुथु, उत्कृष्ट डिफेन्डर गण्डकीकै दीपक थापा घोषित भए । पुरुषतर्फ टिपटप हेल्प नेपालका प्रशिक्षक उत्सव खडका र महिलातर्फ एपिएफका महेश चौधरी उत्कृष्ट प्रशिक्षक घोषित भएका छन् ।
सबैलाई जनही नगद १५ हजार बराबरको गिफ्ट ह्याम्पर प्रदान गरिएको आयोजक टाइगर क्लब पोखराले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सेमिफाइनलको शतप्रतिशत विरासत जोगाएको स्पेन: दोस्रो ऐतिहासिक उपाधि नजिक
-
फिफा वरीयताको शीर्ष स्थानमा उक्लियो स्पेन, अर्जेन्टिनालाई उछिन्दै फ्रान्स दोस्रोमा
-
आठौँ सेमिफाइनलमा फ्रान्स स्तब्ध: यस्तो छ विश्वकप अन्तिम चारमा फ्रान्सको उतारचढावपूर्ण इतिहास
-
स्पेनको शानदार जित, फाइनल पुग्न सकेन फ्रान्स
-
पेड्रो पोरोको गोलसँगै स्पेनको अग्रता दोब्बर, फ्रान्सविरुद्ध २-० को बलियो स्थिति
-
पहिलो हाफमा निरीह देखिए एम्बापे, विपक्षी बक्समा बल छुनै मुस्किल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण