होटल स्क्वायरका सञ्चालिका भण्डारीले गरिन् आत्मसमर्पण
काठमाडौँ । ललितपुरको होटल स्क्वायरका सञ्चालिका ललिता भण्डारी देवकोटाले आत्मसमर्पण गरेकी छन् । जिल्ला अदालत ललितपुरबाट पक्राउ पुर्जी जारी भएसँगै भण्डारीले आत्मसमर्पण गरेकी हुन् ।
सञ्चालिका भण्डारी आफैँ प्रहरीमा उपस्थित भएको ललितपुरका एसएसपी शेखर खनालले रातोपाटीलाई बताए । होटलकी प्रबन्ध निर्देशक रोमी अर्याल फरार छिन् । अहिले प्रहरीमा समर्पण गरेकी भण्डारी रोमी अर्यालकी सासू हुन् ।
ललितपुर महानगरपालिका वडा नम्बर–३ मा सञ्चालित होटल स्क्वायरको स्विमिङ पुलमा पौडी खेल्दा मानभवनका सजिलमान शाक्य गम्भीर घाइते भएका थिए । भदौ १४ मा घाइते भएका उनी अहिले पनि अचेत अवस्थामा छन् ।
होटलका सञ्चालकहरु विरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता भएको छ । भदौ १४ मा दिउँसो ३ बजेर ३० मिनेटमा स्विमिङ पुलमा करेन्ट फैलिएर ४१ वर्षीय सजिलमान घाइते भएको उनकी बहिनी सुस्मिता शाक्यले रातोपाटीलाई बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
-
अमेरिकाले फेर्यो विद्यार्थी भिसाको नियम : सेप्टेम्बर १५ देखि लागू हुने
-
ओली र प्रचण्डबिच भेटवार्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण