इम्बोस्ड नम्बर प्लेट : सहमति २५ लाखको तर ४ लाख मात्र छपाइ !
काठमाडौँ । सवारीको डिजिटल नम्बर प्लेट (इम्बोस्ड नम्बर) छपाइमा सरकारले हालसम्म लक्ष्यको १६ प्रतिशत मात्र सफलता हासिल गरेको छ ।
पहिलो चरणमा सरकारले २५ लाख इम्बोस्ड नम्बर छपाइ तथा वितरण गर्ने लक्ष्य राखेको थियो । तर, मंसिर ११ गतेसम्म जम्मा ४ लाख १२ हजार सवारी साधनमा मात्र इम्बोस्ड नम्बर प्लेट जडान गरिएको यातायात व्यवस्था विभागका महानिर्देशक उद्ववप्रसाद रिजालले जानकारी दिए ।
इम्बोस्ड प्लेटमा रहने भाषा, छपाई ठेक्का तथा विविध प्राविधिक तथा बेबहारिक पक्षहरुले गर्दा इम्बोस्ड नम्बर वितरण तथा कार्यान्वयनमा ढिलाइ हुन पुगेको उनले स्वीकारे ।
संघीय भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको आयोजनामा आइतबार सिंहदरबारमा संघीय मन्त्रालय तथा प्रादेशिक यातायात क्षेत्र हेर्ने मन्त्रालयहरुबीच उच्चस्तरीय समन्वय बैठक बसेको छ । यसै बैठकमा यातायात क्षेत्रको सुधार एवम् नीतिगत सुधारमा केन्द्रित रहेर छलफल जारी रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण