बालबालिकाको निःशुल्क उपचारका लागि निजी अस्पतालसँग सम्झौता
मोरङ । कोशी प्रदेश सरकार स्वास्थ्य मन्त्रालयले १० वर्षमुनिका बालबालिकाको निःशुल्क उपचारका लागि आज यहाँका चार निजी अस्पतालसँग सम्झौता गरेको छ ।
प्रदेश सरकारका मुख्यमन्त्री केदार कार्कीको उपस्थितिमा मन्त्रालयका सचिव डा.सुधा देवकोटाले काठमाडौँ इन्स्टिच्युट अफ चाइल्ड हेल्थको झापाको दमकमा रहेको शाखा अस्पतालका निर्देशक डा.भगवान कोइराला, हाम्रो अस्पतालका डा.शङ्कर अधिकारी, नोवेल शिक्षण अस्पताल विराटनगरका राजेश नेपाल, विराट मेडिकल शिक्षण अस्पताल मोरङ बूढीगङ्गाका पदम बिनाडीसँग सम्झौता आदानप्रदान गरेका छन् ।
सो अवसरमा मुख्यमन्त्री कार्कीले अब प्रदेशका कुनै पनि बालबालिका रकमको अभावमा अकाल मृत्यु हुने अवस्था नआउने बताएका छन् । उनले बालबालिका मुलुकको भविष्यका कर्णधार भएकाले उनीहरुलाई सहज रुपमा स्वास्थ्य उपचार उपलब्ध गराउन सरकारले कुनै सम्झौता नगर्ने प्रण व्यक्त गरे ।
मुख्यमन्त्री कार्कीले प्रदेशले गरेको सम्झौताले अन्य प्रदेशमा सन्देश प्रभाव हुने विश्वास व्यक्त गर्दै निजी क्षेत्रका अस्पताल सरकारका अङ्ग भएको विचार राखे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण