मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय

अयोध्यामा राम मन्दिरको प्राण प्रतिष्ठा आज

सोमबार, ०८ माघ २०८०, ०६ : ५९
सोमबार, ०८ माघ २०८०

काठमाडौँ । भारतको अयोध्यामा आज नयाँ मन्दिरमा भगवान् रामको अभिषेक गरिने भएको छ । समारोहमा सहभागी हुन भारत र विदेशबाट धेरै पाहुनाहरू आएका छन्। यसमा पूर्व राष्ट्रपति रामनाथ कोविन्द, पूर्व उपराष्ट्रपति वेंकैया नायडू, मुकेश-नीता अम्बानी, गौतम अडानी, अमिताभ बच्चन, रजनीकान्त सामेल छन्। 

प्रधानमन्त्री नरेन्द्र मोदी बिहान १० बजेर २० मिनेटमा अयोध्या पुग्नेछन् । बिहान मंगल ध्वनिबाट कार्यक्रमको सुरुवात हुनेछ । बिहान १० बजेदेखि विभिन्न राज्यका ५० भन्दा बढी वाद्य यन्त्रहरूले ध्वनि तरङ्गहरू फैलाउनेछन्। 

d9cc74f5-581c-46b2-8493-891fb4ffd935

रामको मूर्तिको प्राण-प्रतिष्ठाको ऐतिहासिक अनुष्ठान दिउँसो १२ः२० बजे प्रधानमन्त्री मोदी र मुख्यमन्त्री योगी आदित्यनाथ, सन्त समाज र भीभीआईपी व्यक्तिहरूको उपस्थितिमा हुनेछ।  प्राण-प्रतिष्ठाका लागि ८४ सेकेन्डको अति सूक्ष्म मुहूर्त हुनेछ। काशीका ज्योतिषी पण्डित गणेशवर शास्त्री द्विदले रोजेको मुहूर्तमा रामलला स्थापना हुनेछ ।

ee8e0960-e878-4147-b854-c299cbba7212

यस अवसरमा पूरै अयोध्या सहरलाई हजारौँ क्विन्टल फूलले सजाइएको छ। भव्य राम मन्दिरलाई ३ हजार किलो फूलले सजाइएको छ । अभिषेकपछि प्रधानमन्त्री नरेन्द्र मोदीले मन्दिर निर्माण गर्ने मजदुरहरूसँग भेट गर्नेछन्। कुबेरटिलामा गएर उनले भगवान् शिवको पूजा गर्ने  कार्यक्रम पनि रहेको छ । साँझ दीप प्रज्वलन गरी देशभर फेरि दीपावली मनाइँदैछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप