टोरेसको ह्याट्रिकमा बार्सिलोना विजयी
सोमबार, ०८ माघ २०८०, ०७ : ५९

बार्सिलोना । फेरान टोरेसको ह्याट्रिकको मद्दतले रियल बेटिसलाई हराउँदै बार्सिलोनाले शीर्ष स्थानमा रहेका दुई टोलीमाथि दबाब कायम राखेको छ । आइतबार राति भएको खेलमा बार्सा ४–२ गोलले विजयी बनेको हो ।
खेलको ४१ औँ मिनेटमा टोरेसले बार्सिलोनालाई अग्रता दिलाएका थिए । दोस्रो हाफको सुरुवातमा उनले अर्को गोल थप्दै टोलीको अग्रता दोब्बर बनाए ।
तर, इस्कोले ३ मिनेटको अन्तरमा दुई गोल गरेपछि बेटिस खेलमा फर्कियो । ९० औँ मिनेटमा जोआओ फेलिक्सले गोल गर्दै पुनः बार्सिलोनालाई अग्रता दिलाए । इन्जुरी समयमा टोरेसले आफ्नो ह्याट्रिक पूरा गर्दै टोलीको जीत सुनिश्चित गरे ।
२० खेलपछि बार्सिलोनाको ४४ अङ्क रहेको छ । टोली शीर्ष स्थानमा रहेको जिरोनाभन्दा ८ अङ्कले तथा दोस्रो स्थानमा रहेको रियल मड्रिडभन्दा ७ अङ्कले पछि रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सोती घटना : उच्च अदालत सुर्खेतका दुई न्यायाधीशविरूद्ध न्याय परिषद्मा उजुरी
-
काठमाडौँ महानगरले गर्यो अस्पताललाई ५० हजार जरिवाना
-
राष्ट्रिय गौरवका आयोजना नीति तथा कार्यक्रममा किन समेटिएन ?
-
फेवातालमा पर्यटक सवार डुङ्गा पल्टियो
-
राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन परिचालन समितिले गर्यो अनिश्चितकालीन आन्दोलनको घोषणा
-
अध्यक्ष प्रचण्ड र भाजपा नेता कोशियारीबिच भेटवार्ता