टोरेसको ह्याट्रिकमा बार्सिलोना विजयी
सोमबार, ०८ माघ २०८०, ०७ : ५९
बार्सिलोना । फेरान टोरेसको ह्याट्रिकको मद्दतले रियल बेटिसलाई हराउँदै बार्सिलोनाले शीर्ष स्थानमा रहेका दुई टोलीमाथि दबाब कायम राखेको छ । आइतबार राति भएको खेलमा बार्सा ४–२ गोलले विजयी बनेको हो ।
खेलको ४१ औँ मिनेटमा टोरेसले बार्सिलोनालाई अग्रता दिलाएका थिए । दोस्रो हाफको सुरुवातमा उनले अर्को गोल थप्दै टोलीको अग्रता दोब्बर बनाए ।
तर, इस्कोले ३ मिनेटको अन्तरमा दुई गोल गरेपछि बेटिस खेलमा फर्कियो । ९० औँ मिनेटमा जोआओ फेलिक्सले गोल गर्दै पुनः बार्सिलोनालाई अग्रता दिलाए । इन्जुरी समयमा टोरेसले आफ्नो ह्याट्रिक पूरा गर्दै टोलीको जीत सुनिश्चित गरे ।
२० खेलपछि बार्सिलोनाको ४४ अङ्क रहेको छ । टोली शीर्ष स्थानमा रहेको जिरोनाभन्दा ८ अङ्कले तथा दोस्रो स्थानमा रहेको रियल मड्रिडभन्दा ७ अङ्कले पछि रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दाइजो प्रथा अन्त्यका लागि मधेसबाट राष्ट्रिय अभियान सुरु गर्ने तयारी
-
अमेरिका नयाँ शुल्क घोषणा गर्ने तयारीमा
-
कांग्रेस एकताबद्ध नभए लोकतन्त्र र संविधान सुरक्षित रहँदैन : गोविन्द भट्टराई
-
तस्बिरमा हेर्नुहोस् बीपी स्मृति दिवसमा देउवा समूहको कार्यक्रम
-
अमेरिका–इरान युद्धले विश्व तेल प्रशोधन उद्योगमा गहिरियो संकट, कहाँ पुग्ला तेलको भाउ ?
-
चन्द्र ढकालकाे ‘फेक भिडियाे’ बनाएर भ्रम फैलाइयाे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण