विज्ञहरूको सहभागितामा दक्षिण कोरियामा 'स्पोर्ट्स् ग्लोबल टुरिजम' हुँदै
दक्षिण कोरिया । कोरियाको राजधानी सउलमा 'स्पोर्ट्स् ग्लोबल टुरिजम' विषयमा एक दिने गोष्ठी आयोजना हुने भएको छ । आगामी फेब्रअरी ६ मा ग्लोबल एन आर एन फाउन्डेसन, नेपाली राजदूतावास दक्षिण कोरिया, हानयाङ्ग युनिभर्सिटी, र एमआईटी ग्रुप फाउन्डेसनको संयुक्त आयोजनामा साथै गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् दक्षिण कोरिया तथा नेस्पोको सह-आयोजनामा उक्त गोष्ठी हुन लागेको हो ।
गोष्ठीको प्रमुख उद्देश्य ज्ञान, अनुभव आदानप्रदान गर्ने र राष्ट्रिय विकासका लक्ष्यहरू प्राप्त गर्नका लागि एक गतिशील प्लेटफर्म स्थापित गर्ने रहेको उक्त कार्यक्रमका मुख्य आयोजक गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्का अध्यक्ष विनोद कुँवरले जानकारी दिए ।
उक्त गोष्ठीमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुशीला श्रीपालि ठकुरी, दक्षिण कोरियाका लागि नेपाली राजदूत डा. ज्योति प्याकुरेल भण्डारी, राष्ट्रिय खेलकुद परिषद् नेपालका सदस्य सचिव टंक लाल घिसिङ द. कोरियाका लागि पाकिस्तानी राजदूत नबिल मुनिर, द. कोरियाका लागि श्रीलङ्काका राजदूत सावित्री इन्द्रचापा, द. कोरियाका लागि कम्बोडियाका राजदूत चिरिङ बटमरेन्से लगायत, गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद् का (संरक्षण ) शेष घले सहित कोरियाका विभिन्न विश्व विद्यालयका सम्बन्धित विषयका विज्ञहरू उपस्थित रहने छ ।
कार्यक्रममा विशेष गरी नेपालमा आर्थिक, सांस्कृतिक र सामाजिक उन्नतिका लागि खेल पर्यटनको सम्भाव्यतालाई उजागर गर्नमा केन्द्रित रहने , खेल पर्यटन र राष्ट्रिय विकासको क्षेत्रमा प्रख्यात विशेषज्ञहरूबाट उनीहरूको अनुभवबाट धेरै कुरा जान्न सकिने र नेपालको विकासमा यस कार्यक्रमबाट लाभ हुने विश्वास राखिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अन्नपूर्ण पदमार्गमा बृहत् सरसफाइ
-
अत्यावश्यक बाहेकका विद्युतीय सामग्री नचलाउन प्राधिकरणको अनुरोध
-
हुम्लामा आगलागीबाट तीनतले घर नष्ट
-
पर्यटक भिसामा काठमाडौँ आएर व्यापार गर्ने दुई चिनियाँ नागरिक पक्राउ
-
प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति छानबिन नगर्ने निर्णय सुशासन विरुद्ध: राष्ट्रिय जनमोर्चा
-
त्रिभुवन विमानस्थलमा १५ मिनेटसम्म ‘पिक एण्ड ड्रप’ गर्दा पार्किङ शुल्क नलाग्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण