अयोध्यामा राम मन्दिरको प्राण प्रतिष्ठा, जनकपुरमा सवा लाख दीप प्रज्वलनको तयारी
सोमबार, ०८ माघ २०८०, ११ : ५४
धनुषा । भारतको अयोध्यामा निर्मित राम मन्दिरको प्राण प्रतिष्ठाको खुशीयालीमा आज जनकपुरमा सवा लाख दीप प्रज्वलन गरिँदैछ ।
दीप प्रज्वलन कार्यक्रमका लागि जनकपुरमा भव्य तयारी गरिएको छ । जनकपुर मन्दिर परिसरलाई फूल र मालाले सजाइएको छ । साथै मन्दिर परिसरमा दीप प्रज्वलनका लागि दियो ठिक पारिएको छ । मन्दिर परिसरमा फूलले जय श्रीराम लेखिएको आकर्षक दृश्य देख्न सकिन्छ ।
परिसरमा फूलबाट नै धनुष र रामको चित्र बनाइएको छ । अयोध्यामा १८ अर्ब भन्दा बढीमा राम मन्दिर बनेको हो । कार्यक्रममा सहभागी हुन नेपालबाट पनि वैदिक सत्य सनातन हिन्दुधर्मावलम्वीहरुको सहभागिता रहेको छ । प्राण प्रतिष्ठाको अवसरमा जनकपुरधाम लगायतका विभिन्न स्थानमा दीपावली मनाउने कार्यक्रम रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारत भ्रमणमा रहेका रवि लामिछाने र अमेरिकी राजदूत गोरबीच भेटवार्ता
-
सुरक्षाको माग गर्दै छिन्नमस्ता गाउँपालिकाका कर्मचारीले बुझाए प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण पत्र
-
कांग्रेसमा क्रियाशील सदस्यताको डिजिटल अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप
-
१०५ सदस्यीय प्रतिनिधिसभा बनाउन आयोगको सुझाव
-
सिमेक्स इंकको प्रष्टीकरण– नियमित तालिका अनुसार सवारी ल्याएका हौँ, अनुचित लाभ लिएका छैनौँ
-
करिब ७ घण्टा सोधपुछपछि सचिव कृष्णहरि पुष्कर छुटे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण