बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

अयोध्यामा राम मन्दिरको प्राण प्रतिष्ठा, जनकपुरमा सवा लाख दीप प्रज्वलनको तयारी

सोमबार, ०८ माघ २०८०, ११ : ५४
सोमबार, ०८ माघ २०८०

धनुषा । भारतको अयोध्यामा निर्मित राम मन्दिरको प्राण प्रतिष्ठाको खुशीयालीमा आज जनकपुरमा सवा लाख दीप प्रज्वलन गरिँदैछ । 

दीप प्रज्वलन कार्यक्रमका लागि जनकपुरमा भव्य तयारी गरिएको छ । जनकपुर मन्दिर परिसरलाई फूल र मालाले सजाइएको छ । साथै मन्दिर परिसरमा दीप प्रज्वलनका लागि दियो ठिक पारिएको छ । मन्दिर परिसरमा फूलले जय श्रीराम लेखिएको आकर्षक दृश्य देख्न सकिन्छ । 

परिसरमा फूलबाट नै धनुष र रामको चित्र बनाइएको छ । अयोध्यामा १८ अर्ब भन्दा बढीमा राम मन्दिर बनेको हो । कार्यक्रममा सहभागी हुन नेपालबाट पनि वैदिक सत्य सनातन हिन्दुधर्मावलम्वीहरुको सहभागिता रहेको छ । प्राण प्रतिष्ठाको अवसरमा जनकपुरधाम लगायतका विभिन्न स्थानमा दीपावली मनाउने कार्यक्रम रहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप