५ सय र ७ सय ५० रुपैयाँ शुल्क लिएर बिरामी जाँच्थे ‘नक्कली डाक्टर’
काठमाडौँ । नक्कली शैक्षिक प्रमाणपत्रधारी भएको आरोपमा प्रहरीले एक जना चिकित्सकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङको विराटनगर महानगरपालिका–२ घर भएका सम्बुद्ध भट्टचार्य छन् ।
‘त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा सेवारत छु’ भन्ने भट्टचार्यलाई नक्कली कागजात रहेको भेटिएपछि काठमाडौँबाट पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रवीन्द्र रेग्मीले रातोपाटीलाई बताए ।
भट्टचार्य बसुन्धारास्थित धौलागिरि हिमाल पोलिक्लिनिक र नक्सालस्थित उइकेयर पोलिक्लिनिकमा कार्यरत थिए । थाइराइडको डाक्टर भन्दै उनले धौलागिरिमा ४२ जना बिरामीलाई चेकजाँच गरेको भेटिएको छ । यसैगरी उइकेयरमा उनले ६३० जना बिरामीलाई चेकजाँच गरेको भेटिएको अनुसन्धानमा संलग्न प्रहरी निरीक्षक निर्मल थापाले बताए ।
इन्स्पेक्टर थापाका अनुसार धौलागिरिमा एक जना बिरामी चेक गरेबापत भट्टचार्यले ५ सय रुपैयाँ लिँदै आएका थिए । यस्तै उइकेयरमा उनको परीक्षण शुल्क प्रति बिरामी ७५० रुपैयाँ छ ।
आरोपीको साथबाट प्रहरीले ७ थान स्ट्याम्प बरामद गरेको छ । भट्टचार्यले नक्कली प्रशंसा पत्र बनाउने गरेको भेटिएको छ ।
पूर्वमन्त्री उपेन्द्र यादवले हस्ताक्षर गरेको प्रशंसा पत्र, डब्लुएचओले जारी गरेको प्रशंसा पत्र र चिकित्सक संघको लाइफ मेम्बर कार्ड उनको घरबाट बरामद गरिएको छ । बरामद प्रशंसा पत्र परीक्षण गर्दा नक्कली प्रमाणित भएको इन्स्पेक्टर थापाले जानकारी दिए । प्रहरीले ललितपुरस्थित मेडिसिटी अस्पतालले जारी गरेको प्रशंसा पत्र पनि बरामद गरेको छ । मेडिसिटीको प्रशंसा पत्र पनि नक्कली रहेको थाहा भएको छ ।
पक्राउ पछि उनले प्रहरीसँग भनेका छन्, ‘चीनमा पढेर आएको हुँ ।’ तर, उनले चीनमा अध्ययन गरेको चिकित्सकको सर्टिफिकेट देखाउन सकेका छैनन् । नेपाल मेडिकल काउन्सिलबाट जारी उनको दर्ता प्रमाणपत्र पनि नक्कली पुष्टि भएको छ ।
आरोपी विरुद्ध इलाज सम्बन्धी कसुर र लिखितसम्बन्धी कसुरमा म्याद लिएर थप अनुसन्धान गरिने एसपी रेग्मीले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुकुम्बासीका पीडाः सरकारले हेरेजस्तो गर्छ अनि हेप्छ
-
तत्कालीन उपाध्यक्ष र प्रशासकीय अधिकृतसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा
-
गुठी संस्थानको प्रशासकमा शैलेन्द्र कुँवर नियुक्त
-
‘संस्थापन इतरका नेता-कार्यकर्ता ‘लास र दास’ होइनन्, कांग्रेसका असली भरोसा हुन्’
-
दुई विमानस्थलमा ५० प्रतिशत छुट दिने सरकारको निर्णय
-
मन्त्रिपरिषद् बैठकका ६ निर्णय सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण