समूहगत चरणमा दोस्रो हुँदै प्रिक्वार्टरफाइनलमा पुग्यो इजिप्ट
काठमाडौँ । इजिप्ट अफ्रिका कप अफ नेसन्श फुटबल प्रतियोगिताको अन्तिम १६ मा प्रवेश गरेको छ । सोमबार राति सम्पन्न खेलमा केप भार्डेसँग २–२ गोलको बराबरीमा रोकिए पनि इजिप्ट प्रतियोगिताको प्रिक्वार्टरफाइनलमा पुग्न सफल भएको हो ।
समूह ‘बी’ अन्तर्गत इजिप्ट र केप भार्डेबिचको खेल निकै रोमाञ्चक थियो । खेलमा सुरुआती अग्रता भने केप भार्डेले लिएको थियो । पहिलो हाफको इन्जुरी समयको पहिलो मिनेटमा केप भार्डेका लागि गिल्सन टाभरेसले पहिलो गोल गरेका थिए ।
सोही गोलका कारण पहिलो हाफमा केप भार्डे अगाडि रह्यो । निर्धारित समयको ५०औँ मिनेटमा इजिप्टका लागि ट्रेजेगुएटले जवाफी गोल गर्दै खेललाई १–१ को बराबरीमा ल्याएका थिए । प्रतिष्पर्धात्म खेलको दोस्रो हाफको इन्जुरी समयमा इजिप्टले २–१ को अग्रता लिएको थियो ।
इजिप्टका लागि दोस्रो गोल मोस्तफा मोहमदले गरेका थिए । दोस्रो हाफको इन्जुरी समयमै केप भार्डेले जवाफी गोल फर्काएका थिए । केप भार्डेका लागि दोस्रो गोल ब्रायन सिल्भाले गरेका थिए । अघिल्लो खेलमा घाइते भएका कारण केप भर्डेविरुद्धको खेलमा इजिप्टका प्रभावशाली खेलाडी मोहमद सलाह भने मैदानमा ओर्लिएका थिएनन् ।
सोही समूहको अर्को खेलमा मोजाम्बिकले बलियो प्रतिद्वन्द्वी घानालाई २–२ गोलको बराबरीमा रोक्यो । समूह ‘बी’ मा रहेका चारवटै टोलीले तीन–तीन खेल खेलिसकेका छन् । केप भार्डे सात अंकसहित तालिकाको पहिलो स्थानमा छ ।
इजिप्ट भने तीन अंकसहित तालिकाको दोस्रो स्थानमा छ । केप भार्डे र इजिप्ट प्रतियोगिताको नकआउट चरणमा पुगेका हुन् । घानाको पनि अन्तिम १६ मा प्रवेश गर्ने सम्भावना भने कायमै छ । समूहगत चरणको खेलको समाप्तिपछि तेस्रो स्थानमा रहने उत्कृष्ट चारवटा टोली पनि अन्तिम १६ मा पुग्ने प्रावधान रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘विशेष प्राथमिकता’ को तिंकर सडकमा बजेट न्यून
-
अर्थमन्त्रीले भनेजस्तै ५० लाखमुनिका ईभी कसरी सस्तिन्छन् ?
-
वर्षौंदेखि अलपत्र १५ सडकका ठेक्का तोडियो
-
सर्लाहीका तीन प्रदेश सभा सदस्यलाई कांग्रेसले गरायो सचेत, बाराका उपसभापतिलाई सफाइ
-
पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा ५ जनाको मृत्यु
-
नेपाली कांग्रेस बाराका सभापति निलम्बित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण